फागुन २७, काठमाडौं । नवलपरासीका एक व्यक्तिले आफ्नी श्रीमतीलाई जिस्काएको निहुँमा आफ्नै
साथीलाई कुटपिट गर्दा मृत्यु भएको छ । नवलपरासी घरभई हाल काठमाडौंको डिल्लीबजारमा बस्दै आएका ३० बर्षिय
घनश्याम अर्यालले आफ्नी श्रीमती मधु आचार्यलाई आफ्नो साथी ४० वर्षीय दयाराम ढकालले जिस्काएको भन्दै
कुटपिट गरेका थिए ।
लामो समय देखि साथी रहेका अर्याल र ढकाल
ईटुम्मबहालमा डेरागरि बस्दै आएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मधुले पहिला पनि ढकालले आफूलाई
जिस्काउँदै आएपछि प्रहरीमा उजुरी दिन श्रीमानसँग अनुरोध गरेकी थिईन् । साथी भएका नाताले छाडिदेउ भन्दै
आएका अचार्यले बुधबार भने ढकालमाथि जाईलागेर कुटपीट गरेका थिए ।
प्रहरीले आचार्यमाथि जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेर अनुसन्धान
सुरु गरेको छ ।