२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीे सुनवलका ११७ बालक्लबद्धारा धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता

२८ फाल्गुन २०७२, शुक्रबार ०८:३४

फागुन २८, नवलपरासी । धुर्मुस सुन्तली सरसफाई अभियानमा सुनवल नगरपालिकाका १
सय १७ बाल क्लबको ऐक्यबद्धता नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबले धुर्मुस
सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

nawalparasi sunwal 1

बालमैत्री नगरपालिका बनाउन सक्रिय रहेका बाल क्लबहरुले
धुर्मुस सुन्तली अभियानमा ऐक्यबद्धता जनाउँदै नगरपालिकालाई वातावरणमैत्री पनि बनाउने बताएका हुन्

१ सय १७ बाल क्लबका ३ हजार २ सय ५० सदस्यहरु अब सरसफाईमा
जुट्ने नगरबाल सञ्जालकी संस्थापक अध्यक्ष एवं बालमैत्री अभियानकी अभियान्ता विपना शर्माले जानकारी दिएकी
छिन् । बालबालिकाहरुकै पहलमा नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको भन्दै उनले सुनवललाई
वातावरणमैत्री बनाउने लक्ष्यका साथ धुर्मुस सन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको बताएकी छिन्

sunwal
1

सबै एक भएर अघि बढेकाले सुनवललाई बालमैत्री नगरपालिका
बनेको सम्झना गर्दै उनले अब सरसफाई आफुहरुको प्राथमीकतामा रहने स्पष्ट गरीन् । ११ वर्षदेखि बाल क्लबमा
संलग्न भएकी विपनालाई केहि समय अघि एशियाली महिला मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो ।
देशकै
पहिलो बालमैत्री नगरपालिकाका अधिकाँस बाल क्लबले सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको खबरले आफुहरु
उत्साहि भएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् ।

sunwal

सुनवलका बाल क्लबहरुको जस्तै अठोट सामाजीक संघसंस्था गर्ने हो भने सफा नेपाल बनाउन सम्भव
रहेको उनीहरुको भनाई छ । पछिल्लो समय धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाउँदै सरसफाई गर्ने
संघसंस्थाहरु बढ्दै गएका छन् । हेटौँडा, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, महोत्तरी लगायतका
जिल्लाहरुमा धुर्मुस सुन्तली क्लब नै गठन भएका छन् ।

वडा,
गाविस, जिल्ला, क्षेत्र र केन्द्रिमा रहेका संघ संस्थाहरुलाई पनि सरसफाई अभियानमा जुट्न उनीहरुले आव्हान
गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म