२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एलडिओ मुर्दाबादको नाराबाजी सहित जिल्ला परिषद बहिष्कार

२८ फाल्गुन २०७२, शुक्रबार ११:२६

फागुन २८, परासी । जिल्ला विकास समिति
नवलपरासीको २४ आंै जिल्ला परिषदलाई मधेशी मोर्चाले बहिष्कार गर्दै जिविसको प्रतिवेदन च्याती एलडिओ
मुर्दाबादको नाराबाजी गरेको छन् । जिल्ला विकास समितिले मधेशी लगायत विभिन्न राजनितिक दलहरुको विना
समन्वयमा बजेट तथा योजनता छनौट गरेको विरोधमा मोर्चाले परिषद बहिष्कार गरि एलडिओ मुर्दाबादको नाराबाजी
गरेको हो ।
np parasi 1अतिआवश्यक ठाउँमा योजना तथा बजेट नपारी आफनो मनोमानी ढंगबाट बजेट तथा योजनाहरु छनौट गरेप्रति
मोर्चाले घोर आपत्ति व्यक्त गर्दै परिषदमा एलडीओ मुर्दाबादको नाराबाजी गरि प्रतिवेदन च्यात्ने र माईक
खोस्ने काम भएको थियो । मोर्चाको बहिष्कार तथा नाराबाजी कार्यले जिल्ला परिषद आधा घन्टा अवरोध भए संगै
कार्यक्रम भाडन समेत पुगेको थियो ।

प्रतिवेदनमा, योजनाहरु
अनुगमन नगरिकनै छनौट गरिएको र योजनाहरु समावेशी नभएको मोर्चाले आरोप लगाउदै कार्यक्रममा अतिथिको आनस
ग्रहणमा वर्गियता समेत नमिलाउदा कार्यक्रम बरिष्कार गरेको मोर्चाका सदस्य तथा फोरम नेपालका अध्यक्ष
धरेन्द्र यादवले बताउनु भयो ।

np parasi

स्थानिय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले योजनाहरु
तथा बजेटहरु संसोधन गर्ने प्रतिबद्धता जनाएपछि परिषद पुनः संचालनमा आएकोे थियो । कार्यक्रममा जिबिसले
आर्थिक वर्ष २०७३÷०७४को कुल प्रस्तावित बजेट १ अर्ब १३ करोड, ९९ लाख ५१ हजारको सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्लाको विकास क्षेत्रमा कलम चलाउदै आएका कलमजिवी एवं श्रमजिवी पत्रकार नबिन पौडेल,
हिमालदेव पंगेनी र संस्थागत त्रिवेणी टेलिभिजनको उचित मुल्यांकन गर्दै जिबिसले नगद पुरस्कार सहितको
सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी