१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पत्रकार महासंघ नवलपरासीको ११ औं साधारणसभा सम्पन्न

४ चैत्र २०७२, बिहीबार १२:३५

चैत ४, नवलपरासी । नेपाल पत्रकार महासंघ
नवलपरासीको ११ औं साधारणसभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना सहित बिहीवार बर्दघाटमा सम्पन्न
भएको छ ।

साधारणसभाले सचिव पुरुषोतम सुवेदीको सांगठनिक
प्रतिबेदन तथा कोषाध्यक्ष राजकुमार रेश्मीको आर्थिक प्रतिबेदनलाई परिमार्जन सहित पारित गरेको छ

कार्यक्रममा पत्रकारहरुले पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुका पक्षमा सशक्त रुपमा आवाज
उठाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम उद्घाटन सत्रमा
पत्रकारहरु प्रेस युनियनका अध्यक्ष श्रीराम सिग्दे.ल प्रेस चौतारीका अध्यक्ष बिद्रोही गिरी क्रान्तिकारी
पत्रकार संघका जिल्ला अध्यक्ष दिपक भटटराई, पत्रकारहरु के. बी राना, रमेश वास्ताकोटी, लगायतले शुभकामना
ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सचिव पुरुपोतम सुवेदीको संचालन, उपाध्यक्ष
बिरेन्द्र पराजुलीको स्वागत तथा रवि पाण्डेको संयोजन रहेको थियो ।

नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माको अध्यक्षता पत्रकार महासंघ केन्द्रीय
सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमको प्रमुख आतिथ्यता एंव नवलपरासीका प्रमुख जिल्ला अधिकारी
महादेव पन्थको बिशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा
बर्दघाट नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्याल महासंघका पुर्व अध्यक्ष टिकाराम गैरे, केशव
पराजुली, कुलप्रसाद शर्माले साधारणसभा लाई शुभकामना दिनुभभएको थियो ।

साधारणसभाले पत्रकार आचार संहिता कडाई पुर्वक लागु गर्ने , श्रमजिवी पत्रकारका मुद्धालाई
कार्यान्वयन गर्ने, स्थानीय संचारमाध्यमको प्रर्बद्धन गर्न सरकारसंग माग गर्ने लगायतका समसामायिक
प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु