१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पुर्व विद्यार्थीले थाले खेलमैदान बनाउने अभियान

२३ माघ २०७३, आईतवार ०२:४२

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, मंगलबारेस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदान निर्माणकालागि प्रवासमा रहेका पुर्वविद्यार्थीहरुले रकम संकलन अभियान थालेका छन् । 

पुर्वविद्यार्थी तथा तेह्रथुम मलेसिया सम्पर्क मन्चका अध्यक्ष हजेन्द्र संग्रौलाको अगुवाईमा भइरहेको अभियानबाट अहिलेसम्म करिब साढे दुई लाख रुपैयाँ जम्मा भएको छ । 

हालसम्म नगदै करिब डेढ लाख रुपैयाँ जम्मा भइसकेको र प्राप्त हुन बाँकी रहेको गरी कुल करिब साढे दुई लाख रुपैयाँ भएको संग्रौलाले जानकारी दिनुभयो । विद्यालयमा खेलमैदान नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँगै आसपासका युवाहरुको समेत खेल प्रतिभा ओझेलमा परेको भन्दै आफुहरुले रकम संकलन गर्ने अभियान सुरु गरेको संग्रौलाले बताउनुभयो ।

अभियानमा  लालीगुराँस नगरपालिका तथा तेह्रथुम जिल्ला स्थायी घर भई हाल देश विदेशमा कार्यरतहरुबाट रकम जुटिरहेको छ । 

अहिलेसम्म मलेसिया, कतार, दुवई, इजरायल, कोरिया लगायत मुलुकमा कार्यरत नेपाली युवाहरुबाट रकम संकलन भइरहेको उहाँले बताउनुभयो । आगामी बैशाखबाट संकलित रकमले निर्माण सुरु गरिने र खेलमैदान निर्माणकालागि सबै निकायमा बजेट माग गरिने तयारी समेत रहेको जनाइएको छ । मैदान निर्माणकालागि स्थानीय केन्द्रप्रसाद संग्रौलाले १० लाख रुपैयाँ पर्ने जग्गा निःशुल्क दिइसकेका छन् । 

बैशाखबाट काम सुरु गर्ने लक्ष्य रहेको संगा्रौलाले बताउनुभयो । ‘चेन्जिङ रुम, स्टेज र दर्शक प्यारापिट सहितको सुविधायुक्त खेलमैदान बनाइनेछ, उहाँले भन्नुभयोे । सम्बन्धित निकायको वेवास्ताका कारण आफुहरु स्वयम्ले खेलमैदान निर्माणको अभियान थालेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार खेलमैदान निर्माणकालागि लालीगुराँस न.पा. १० मा स्थायी घर भई हाल कतारमा कार्यरत पवन लिम्बुले ३० हजार, दुबईमा कार्यरत पिताम्बर रोक्काले ३ हजार, दिपक खड्काले २ हजार र हाल काठमाडौंमा रहेकी प्रिति केप्छाकी मगरले २५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । 

 यस्तै जलजले स्थायी घर भई हाल इजरायल रहेकी कमला सेनेहाङले २५ हजार, ओयाक्जुङ घर भई हाल इजरायल रहेका देव बाँस्कोटाले ५ हजार, लालीगुराँस न.पा. ८ घर भई हाल कोरियामा कार्यरत दुर्गा खवाहाङले १० हजार, हाल कतारमा कार्यरत डिकबहादुर श्रीपालीले ६ हजार २७ रुपैयाँ र रणबहादुर कटुवालले ६ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको विद्यालयका पुर्वविद्यार्थी संग्रौलाले जानकारी दिनुभयो ।

यस्तै लालीगुराँस नगरपालिकाका विभिन्न वडामा स्थायी घर भई हाल मलेसियामा कार्यरत हजेन्द्र संग्रौलाले ५ हजार ५ सय ५५, होमबहादुर संग्रौलाले ५ हजार २ सय, तेजबहादुर घिमिरेले ५ हजार १ सय, सन्दिप संग्रौलाले ५ हजार १ सय ११, बसन्त खड्काले ५ हजार, सिंहविर कार्कीले ५ हजार १ सय, रमेश थापाले ५ हजार १ सय ५१ र कुलबहादुर संग्रौलाले ५ हजार रुपैयाँ दिएका छन् । 

यस्तै कुमार विकले ५ हजार ५१, ओमबहादुर विष्टले ५ हजार, नैनबहादुर विष्टले ५ हजार, डम्बर विष्टले ५ हजार, मुकुन्द संग्रौलाले ५ हजार, गोपाल विष्टले ५ हजार, पवन संग्रौलाले ३ हजार ६ सय ३०, खड्ग लिम्बुले २ हजार ५ सय २५, सन्तोष न्यौपानेले २ हजार ५ सय २५, तोर्ण घोर्सानेले २ हजार ५ सय ५०, जुद्धबहादुर कार्कीले २ हजार ८ सय, सुवास कार्कीले २ हजार ५ सय २५, सर्वजित लिम्बुले २ हजार ६ सय ५०, गिरेन्द्र लिम्बुले २ हजार ५ सय २५, विशाल बरुवालले २ सय ४ सय २०, ठेगिन लिम्बुले १ सय २ सय ५०, ओमप्रकाश खड्काले १ हजार २ सय १०, नवराज खड्काले १ हजार २ सय १०, सन्तोष राईले १ हजार २ सय १०, महेश बास्तोलाले १ हजार २ सय १० र राजकुमार खत्रीले २ हजार ४ सय २० रुपैयाँ उपलब्ध गराएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा