माघ २३, इलाम | प्रेस चौतारी इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७३’ गणेश अर्याललाई प्रदान गरिएको छ । 

चौतारीको १९औँ स्थापना द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, इलाम | प्रेस चौतारी इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७३’ गणेश अर्याललाई प्रदान गरिएको छ । 

चौतारीको १९औँ स्थापना द"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रेस चौतारी इलामको पुरस्कार अर्याल र केसीलाई

२०७३, २३ माघ आईतवार ०३:३६

माघ २३, इलाम | प्रेस चौतारी इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७३’ गणेश अर्याललाई प्रदान गरिएको छ । 

चौतारीको १९औँ स्थापना दिवसका अवसरमा शनिबार रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो । स्थापना दिवस कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले अर्याललाई दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गर्नुभयो । 

इलामको कोल्बुङ घर भएका अर्याल एक दशकयता पत्रकारितामा क्रियाशील हुनुहुन्छ । ‘आँखा’ साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका अर्यालले ‘पावनभूमि’ साप्ताहिक हुँदै अहिले ‘पूर्वाञ्चल दैनिक’, ‘इलाम एफएम’, ‘रेडियो फिक्कल’लगायत सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ । 

बाबियाचौर (म्याग्दी) – प्रेस चौतारी म्याग्दीले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सुरत केसी सम्मानित हुनुभएको छ । 

शनिबार आयोजित कार्यक्रममा रु पाँच हजार ५५५ राशिको पुरस्कार प्रदान गरिएको हो । केसी विसं २०५८ देखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष, ‘रुप्स’े दैनिकका प्रकाशक र ‘म्याग्दीकाली’ एफएमका सम्पादक केसीलाई नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख सूर्य थापा, सांसद नवराज शर्मा र प्रजिअ राजुप्रसाद पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने