९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सप्ताहब्यापी स्वछ तथा स्वस्थ मासु अभियान शुरु

१४ चैत्र २०७२, आईतवार १४:०३

चैत १४, नवलपरासी । जिल्ला पशु सेवा कार्यालय नवलपरासीले आईतबारदेखि
सप्ताहब्यापी स्वछ तथा स्वस्थ मासु अभियान शुरु गरेको छ । १४ देखि २० गते सम्म बिभिन्न कार्यक्रमहरु
आयोजना गरिएको हो ।

nawalparasi 3
पहिलो दिन परासीमा प्रभातफेरी आयोजना गरिएको र
१६ गते मासुपसलहरुको अनुगमन, कावासोती, जमुनीया, चोरमारा रजहर लगाएतका क्षेत्रमा सरोकारवाहरु संग गोष्ठी
आयोजना गरिएको बरिष्ठ पशु बिकास अधिकृत शंकर शाहले जानकारी दिनुभयो । देशभित्र उत्पादीत मासुलाई कसरी
स्वच्छ तरीकाले प्रयोग गर्न सकिन्छ भन्ने प्रमुख उदेश्य सहित अभियान शुरु गरिको शाहको भनाई छ

पशु सेवा कार्यालयका प्रमुख डाक्टर पशुराम फुयालले भएको
मासु स्वच्छ भएपनि उपभोक्ताको मुख सम्म पुग्दा स्वच्छ हुन सकेको छैन सरसफाईको अभाब, रोगि जनाबरहरुको बध,
तथा स्वच्छ मासु कसरी थाहां पाउने भन्ने बारे जानकारी हुन नसक्दा मानिसहरुले अस्वर्थकर मासु खान
परिरहेको बताउनुभयो । गैडाकोटमा, ८ जन सम्म गर्ने कुखुरा बधगर्ने उद्योग छ भने कावासोतीमा रांगा र पाडा
बधगर्ने स्थान रहेको छ ।

nawalparasi 2
जिल्लामा करीब १ सय ५० वटा मासु पसलहरु रहेको अनुमान छ भने करीब ५० प्रतिसत मात्र दर्ता गरि
संचालन गरिएको र ति मध्ये अधिकांस मासु पसलहरु नियम संगत संचालन हुन नसकेको फुइयालको भनाई छ । जिल्लामा
रहेको उपभोक्ता मासुबारे सधै जोखिममा रहेका छन् । नवलपरासीमा रहेको खुल्ला सिमानका कारण दैनिक रुपमा
भारतबाट अबैध रुपमा कुखुरा तथा पोल्टी जन्य उत्पादन भित्रिदा उपभोक्ता स्वच्छ मासु खानबाट बञ्चित बनेको
उपभोक्ताको गुनासो रहेको छ ।

nawalparasi 1

भारतमा कुखुरा उत्पादन गर्न सस्तो मुल्य पर्ने हुंदा
नेपालमा ल्याई बढी नाफा कमाउने उदेश्य सहित नेपालमा अबैध कुखुराको कारोबार हुने गरेको छ । भारतको कुखुरा
अस्वर्थकर भन्ने होईन तर भारतमा वर्ड फुलुहरु त्यस्ता अनेकै रोगहरु देखिने हुदां मासु उपभोक्ता सचेत
हुनुपर्ने पशु चिकित्सक फुइयालको भनाई छ ।

भारतमा कुखुराको
लागत मुल्य जिउदोको भारतीय ४० रुपैया पर्ने र नेपालमा प्रति किलो २ सय १० रुपैया पर्ने हुदां भारतबाट
नेपालमा अबैध कुखुराको कारोबार बढ्दो छ । यसले मासुको स्वर्थतामा चुनौति थलिएको पशु कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो