नवलपरासीको सुनवल हाटबजारमा भएको झडपलाई तस्बिरमा हेर्नुस्

Posted on: 03 Apr, 2016
लक्ष्मी पौडेल/चैत २१, गैडाकोट । हाटबजार सार्ने बिषयमा बिबाद हुदाँ नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबिच झडप भएको छ । झडपमा एक दर्जनभन्दा बढी घाईते भएका छन् । सुनवल चोकको उत्तरतर्फ चल्दै आएको आईतबारे हाटबजार सुनवल नगरपालीकाले नदुवाटोलमा सार्न खोजेपछी स्थानीयबासीन्दा, ब्यापारी र प्रहरीबिच झडप भएको हो । nawalparasi sunwolझडपका क्रममा प्रहरीले लाठीचार्ज र ६ सेल अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा स्थानीय देवी धिमिरे, यमप्रसाद चापागाई, यमकुमारी चापागाइर्, रिता कवर, चन्द्रीका ढेगा, यमकुमारी सुर्यवंसी, घनश्याम श्रेष्ठ लगायतका स्थानीय घाईते भएका छन् । यस्तै प्रहरी तर्फ पनी ४ जना घाईते भएको ईन्सपेक्टर योगेन्द्र तिमिल्सेनाले जानकारी दिएका छन् । सुनवल नगरपालीकाले स्थानीय र व्यापारीसंग सल्लाह नै नगरी एकलौटी रुपमा बजार सार्न खोजेको आरोप स्थानीय तथा व्यापारीको छ । sunwal nawalparasiव्यापारीले ३ महिनाको समय दिए आफै उपयुक्त स्थानमा सर्ने बताएका छन् । तर नगरपालिकाका अधिकृत माधवप्रले भने बजारक्षेत्रमा हाटबजार भएको र नगरपालीकाको सेवा प्रबाहमा असर परेको भन्दै तत्काल हटाउने अडान लिएका छन् ।   - तस्बिर स्रोतः मनिष लामिछाने

यस बिषयमा तपाइको प्रतिक्रिया...!