अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ ।&"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका दलित युवालाई निःशुल्क तालिमसहित सिलाई मिसिन

२४ माघ २०७३, सोमबार ११:२७


अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ । 

दलित समुदायलाई सिप विकासकोलागि तीन महिने निःशुल्क सिलाई कटाई तालिम उद्घाटन कार्यक्रममा कपाडा सिउने १५ थान मिसिन हस्तानतरण गरिएको हो । आठराई क्षेत्रका विभिन्न गाविसमा रहेका ३० जना युवाहरुले सिलाई कटाई सम्बन्धी तालिम लिई आत्मनिर्भर बन्ने भएका छन् । 

नेपाल सरकार स्थित संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिको आयोजनामा संचालित तालिममा २८ जना महिला सहित २ जना पुरुष मात्र सहभागी भएका छन् । 

सिलाई मिसिन तालिम पश्चात सहभागिहरुको समुह निर्माण गरि समुहको स्वामित्वोमा रहेने भएको छ । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिका उपाध्यक्ष मुक्तबहादुर महतेले तालिमाबाट सिकेका सिपलाई आयमूलाक क्षेत्रमा विकास गरि व्यावसायिक बन्नु पर्ने बताउनु भयो । सिप सिक्ने प्रक्रिया निरन्तर चल्ने भएकाले दलितहरुको सशक्तिकरणमा यसले सहयेग पु¥याउने महतेले उल्लेख गर्नु भयो । 

उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाली काँग्रेस संक्रान्तिबजारका सभापति भेलानाथ काफ्ले, नेकपा एमालेका प्रतिनिधि एवम् उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल, नेकपा माओवादीका चिन्तन बराल, संक्रान्तिबजार स्रोतकेन्द्रका स्रोत व्याक्ति नन्दलाल दर्नाल र ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुखले शुभकामना मन्तव्य राख्दै अर्थतन्त्र संग जोडिने जीवनपयोगी सिपलाई सहभागिले व्यावसायिक बाटोमा रुपान्तरण गर्नु पर्नेमा जोड दिएकाछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य