अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ ।&"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका दलित युवालाई निःशुल्क तालिमसहित सिलाई मिसिन

२०७३, २४ माघ सोमबार ११:२७


अमृत बास्तोला/माघ २४, तेह्रथुम । श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई सिलाई मिसिन सोमबार संक्रान्तिबजारमा वितरण भएको छ । 

दलित समुदायलाई सिप विकासकोलागि तीन महिने निःशुल्क सिलाई कटाई तालिम उद्घाटन कार्यक्रममा कपाडा सिउने १५ थान मिसिन हस्तानतरण गरिएको हो । आठराई क्षेत्रका विभिन्न गाविसमा रहेका ३० जना युवाहरुले सिलाई कटाई सम्बन्धी तालिम लिई आत्मनिर्भर बन्ने भएका छन् । 

नेपाल सरकार स्थित संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिको आयोजनामा संचालित तालिममा २८ जना महिला सहित २ जना पुरुष मात्र सहभागी भएका छन् । 

सिलाई मिसिन तालिम पश्चात सहभागिहरुको समुह निर्माण गरि समुहको स्वामित्वोमा रहेने भएको छ । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिका उपाध्यक्ष मुक्तबहादुर महतेले तालिमाबाट सिकेका सिपलाई आयमूलाक क्षेत्रमा विकास गरि व्यावसायिक बन्नु पर्ने बताउनु भयो । सिप सिक्ने प्रक्रिया निरन्तर चल्ने भएकाले दलितहरुको सशक्तिकरणमा यसले सहयेग पु¥याउने महतेले उल्लेख गर्नु भयो । 

उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाली काँग्रेस संक्रान्तिबजारका सभापति भेलानाथ काफ्ले, नेकपा एमालेका प्रतिनिधि एवम् उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल, नेकपा माओवादीका चिन्तन बराल, संक्रान्तिबजार स्रोतकेन्द्रका स्रोत व्याक्ति नन्दलाल दर्नाल र ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुखले शुभकामना मन्तव्य राख्दै अर्थतन्त्र संग जोडिने जीवनपयोगी सिपलाई सहभागिले व्यावसायिक बाटोमा रुपान्तरण गर्नु पर्नेमा जोड दिएकाछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने