२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आगलागी- ‘रात काट्ने झुपडी पनि रहेन’ (फोटो फिचर)

२०७२, २६ चैत्र शुक्रबार ०६:१२

चैत्र २६, नवलपरासी ।
“जो होचो उसै माथि घोचो” भन्ने उखान त्यसै चलेको होईन होला । बिहिबार बिहान घरमा छोरा छोरी
छोडेर मजदुरी गर्न निस्कीएकी ३५ बर्षिय धनमाया गुरुगले एक रथी पनि सोचेकी थिईनन् सांझ फर्किदा रात
काट्ने खरको झुपडी पनि बांकी नरहला । धनमायाको ५ जनाको परिवार सांझ मिठो नमिठो खाएर झुपडीमा रात काटौला
भन्ने आसा आगोको एक झिल्कोले तहसनस पारि दियो ।
nawalparai maa aaglagiयसै कारण कावासोती नगरपालिकाको अठाईस बिगाह सितल चोक क्षेत्रका
स्थानियका आखांहरु बिहिबार रसाई रहे । त्यस चोक मै बिपन्न राम बहादुर गुरुगको ५ धुरमा बनाएको खरको झुपडी
सल्कीदा स्थानिय निरास थिए । स्थानिय भन्र्दै थिए “खै अब यिनीहरुले कसरी यो घर बनाउने होलान बिहान
बेलुका काम गर्यो २ छाक खान समेत मुस्कील छ कसैले सहयोग त गर्ला नि” यस्तै आवाज धेरैको मुखबाट निस्की
रहेको थियो । झुपडीमा लागेको आगोमा पानी राख्र्दै स्थानिय यस्तै दुखेसो गरि रहेका देखिन्थे ।

झुपडीमै आड लगाएर रोएकी धनमाया “बेहोस भईन”

बनमा लागेको डढेलो बस्ती नजिकै आएपछि त्यस क्षेत्रका स्थानिय त्रसित
बनिरहेका थिए कतै अब बस्ती नै जल्ने त हैन रु बस्ती नजिकै रहेका रुखहरु बोल्न थालेपछि मानिसहरु आतिएर
रुखको आगो पानीले निभाउने प्रयास गर्दै थिए । तिब्र रुपमा चलेको हावाले रुखमा सल्केको आगोको झिल्को
धनमायाको झुपडीमा पुग्यो र छिन भरमै जल्यो सानो झुपडी पनि । घर जलेपछि मजदुरी गर्न गएकी धनमायालाई खबर
गर्न उनी काम गरेकै स्थानमा पुगिन हिरा पुन ।

nawalparasi dhanmayaहतार
हतार गर्दै उनी झुपडी नजिक आईन र भक्कानो छोडेर रोईन । केहि समय घर हेरेर टोलाएकी उनी केहि समय जलेको
घरमै आड लगाएर धित मर्ने गरी रोईन । करीब १० मिनेट सम्म निरन्तर आंसु बगाएकी उनी रुदा रुर्दै बेहोस नै
बनिन् जस्ले गर्दा स्थानियले पानी छर्किर्दै थिए उनको टाउंको माथि । उम्मेर त्यती धेरै नभएपनि सघर्षले
होला उनी उम्मेर भन्दा निकै बढी भएकी जस्ती देखिन्थीन । दुख र पिडाले मासिनलाई चाडै बुढो बनाउदो रहेछ
भन्ने भान हुन्थ्यो । निकै दुख गरेर बनाएको उनको यो झुपडी अब कसरी बनाउने भन्ने चिन्ताले उनलाई आगो
लागेपछि आगो निभाउदा सम्म पिरोली रह्यो निरन्तर पिरोलि रहनेछ, किन की उनलाई त्यती सहज छैन यो झुपडी
बनाउन । उनको ३ जना छोराछोरी सम्झाउर्दै थिए, “जे भो सो भो नरुनुहोस यस्तै लेखेको रहेछ ।” घर जलेर खरानी
बन्दा घर मालिक राम बहादुर सांझ अबेर सम्म बेखर थिए । उनी पनि काम गर्न घरदेखि टाढा थिए । स्थानीय
श्रृजना श्रेष्ठका अनुसार उनीहरु निकै बिपन्न परिकारका हुन । श्रेष्ठले भनिन “विहान बेलुका काम गरे
ल्याएको पैसाले २ छाक टार्ने हो, बस्ने बास पनि रहेन, धन दिदी बिपन्न हुन, भन्ने त घरबाट बाहिर
निकालिएका समानले पनि जनाउछ।” नजिकै रहेका बचेका सामानहरु देखाउर्दै उनले भनिन् ।
aaglagi nawalparasi

रात कटाउने
चिन्ता

दुखःसुख गरेर २ छांक टारेर दैनिकी चलाएको यो परिबारलाई अब रात कहां बिताउने भन्ने
चिन्ताले पिरोलेको छ । धनमायाको आंसु भित्र छोरा छोरीको चिन्ता स्पष्ट देखिन्थ्यो । घरको बरिपरी यत्र
तत्र सामानहरु छरिएका थिए । त्यती धेरै समान देखिएन, धनमायाको घरमा, केहि कपडा, भाडाकुडा बाहेक अन्य
धेरै समान थिएनन् । घर भित्र पस्न समेत निहुंरी पर्नु पर्ने अबस्थाको यो परिबारको झुपडी बनमा लागेको
डढेलोको एक झिल्कोले सिध्याई दियो । धनमाया भन्छिन् “नत रह्यो झुपडी मात्र रह्यो पिडा मात्र ।” उनलाई
चिन्ता छ अब कसरी झुपडी बनाउने । बिपन्न धनमायाको सहयोगमा तपाईले पनि केहि गर्ने की ?

nawalparasi 1
“यसरी लाग्यो आगो”
बन क्षेत्रमा लागेको आगो बस्ती
नजिकै आई पुग्यो रुख सबै जल्न थाल्यो हावाहुरी तिब्र चलेको थियो “आगोको झिल्कोले घर जलेको हो” स्थानिय
राम बहादुर मगरले भने । बन क्षेत्र अधिकासं डढेलोले सखाप बनेको छ । केहि दिन अगाडी पनि बनमा लागेको
डढेलो नियन्त्रण गरिएको थियो अहिले फेरी पनि आगो लाग्यो बनका अध्यक्ष राम बहादुर हमालले भने । आगो
लाहपरबाहीकै कारण लाएको हो । स्थानियका अनुसार यसरी अहिले सम्म डढेलोले तर्साएको थिए । स्थानिय बृद्ध
आईती माया पुनले भनिन् “उम्मेरले नेटो काटि सक्यो अहिले सम्म यसरी अगो निभाउन हिड्नु परेको थिएन मत कतै
बस्ती नै सकिने कि भने पिरले पानी ओसार्दै छु ।” रुखको फेद देखि टुप्पो सम्म पुरौ जलेपछि स्थानिय त्रसित
बनेका थिए । बनमा लागेको डढेलोले बिहिबार अबेर सम्म पनि स्थानिय जाग्राम बसेका थिए । अधिकासं स्थानिय
हतार र त्रसित थिए र पानीले आगो निभाउनमै ब्यस्त थिए । आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानिय,
कावासोती नगरपालिको दम्कलले नियन्त्रणको लामो प्रयास गरेका थिए ।

– अर्जुन सापकोटा बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु