अमृत बास्तोला | माघ २६, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” को बुधबार दोस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला | माघ २६, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” को बुधबार दोस"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

रजत महोत्सवमा ५० लाख पुर्याउने विद्यालयको लक्ष्य

२६ माघ २०७३, बुधबार ११:०७

अमृत बास्तोला | माघ २६, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” को बुधबार दोस्रो दिन अक्षयको दाताहरुलाई सम्मान सहित विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन भएका छन् । “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन अक्षयकोष अभियान सहित रजत महोत्सव विद्यालयले संचालन गरिरहेको छ । 

विद्यालयमा अंग्रेजीमा माध्यम र कम्प्यूटर शिक्षा संचालनका लागि हाल सम्म ४ सय ७२ जना दाताहरुले विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिनु भयो । रजत महोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्न आउने दाताहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ । 

महोत्सवबाट ५० लाख रुपैया सम्म अक्षयकोष स्थापना हुन सक्ने विद्यालयले लक्ष्य लिएको प्रधानाध्यपक ईङनामले जानकारी दिनु भयो । अक्षषकोषको ब्जायबाट विद्यलायमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालयले जनाएको छ । 

विद्यालयमा सबै भन्दा ठूलो अक्षयकोष ताप्लेजुङको हाम्पाङ गाविस घर भई हाल तेह्रथुमको ईवा गाविस निवासी तेजमान याक्सो र सेविका याक्सोका दम्पतिले १ लाख ५० हजार ५ सय ५५ रुपैया स्थापना गरिदिएका छन् । समाजसेवी दाता याक्सो दम्पतिले आफ्ना स्वर्गीय बुबा, आमा आइतविर याक्सो र सावित्रा साँवा याक्सोको पून्य स्मृतीमा अक्षयकोष स्थापना गर्नु भएको हो । 

विद्यालयमा १ हजार रुपैया देखि माथि समाजसेवी दाताहरुले अक्षयकोष स्थापना गरेका छन् । सोही अवसरमा विभिन्न राशिका अक्षयकोष स्थापना गर्ने दर्जनौं दाताहरुलाई चाँदीको रजत महोत्सव मेडल सहित, सम्मान पत्र, पूmलमाला, दोसल्ला, खादा र अविरले सम्मान गरिएको छ । 

विद्यालयमा संस्थापक, स्थानीय अभिभावक, शिक्षक, विभिन्न गाविसका शिक्षाप्रेमी, समाजसेवी, प्रवासी नेपाली र छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, संखुवासभा सहित ईलाम, झापा, मोरङ, र काठमाण्डौ लगायतका जिल्लाहरुबाट दाताहरुले अक्षषकोष स्थापना गरिदिएका छन् । 

महोत्सवको दोस्रो दिन प्रतियोगीतात्मक कार्यक्रमहरु अन्र्तगत खुल्ला कविता प्रतियोगीता, आधारभूत तह स्तरीय लोक नृत्य प्रतियोगीता संचालन भएका छन् । खेलकुद अन्र्तगत आधारभूत तह स्तरीय पुरुष पूmटबल खेलको उद्घाटन शिक्षक कर्मचारी र अभिभावक बिच भएको छ । उद्घाटन खेलमा २ गोल गर्दै शिक्षक कर्मचारी टिम विजयी भएको छ, भने अभिभावकको टिम पराजित भएको छ । पाँच दिन सम्म संचालनहुने रजत महोत्सवमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य