२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले अपनायो यस्तो तरिका

२०७३, १२ बैशाख आईतवार १२:४४

बैशाख १२, नवलपरासी । सवारी दुर्घटना न्युनिकरणका लागि
ट्राफिक प्रहरीले सवारी चालकहरुलाई सचेत गराउन फरक ढंगबाट सवारी चेकजाँच कार्य अगाडी बढाएको छ । पछिल्लो
समयदेखि जिल्लामा ट्राफिक नियमको उलंघनका कारण बढदो दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले नागरिक
समाज, पत्रकार र समाजसेवी, यातायात व्यवसायी, स्थानियहरुलको संयुक्त सहभागिमा ट्राफिक नियम पाल्ना
अभियान अगाडी सार्दै सवारी चेकजाँच गरेको हो ।

Traffice police -
nawalparasi 1
ट्राफिक नियम पाल्ना गराउन, सवारी दुर्घटना न्युनिकरण गर्न र अव्यस्थित सवारी
साधन पार्किंग गर्न ट्राफिक प्रहरीको एक्लो मात्र उत्तरदायित्व नरही हामी सबै नागरिकहरुको उत्तरदायित्व
रहेको भन्दै यो अभियान अगाडी बढाइएको ट्राफिक प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी नायब निरिक्षक
कृष्ण पाण्डेले बताउनु भयो ।

आज सदरमुकाम परासी बजारमा ट्राफिक
नियम उलंघन गर्ने, हेलिमेट नलगाउने, मापसे गर्ने, कागजपत्र नलिई हिडने, ओभर लोड र स्पिड गुडाउने
चालकहरुलाई ट्राफिक नियम पाल्न गर्न सन्देश दिईएको थियो ।

Traffice police -
nawalparasi 2

ट्राफिक नियम पाल्ना गराउने प्रहरीले
नियमित सचेतनामुलक छडके चेकजाँच गर्ने पार्कीगहरुको व्यवस्थापन गर्ने र ट्राफिक व्यवस्थापन प्रभावकारी
बनाउन नागरिक समाज, यातायात व्यवसायी, विद्यार्थीहरुलाई समेत परिचालन गरि सवारी चालकहरुलाई प्रशिक्षण
दिने कार्य गरिने सई पाण्डेले बताउनु भयो ।

प्रहरी चेकजाँचकै
क्रममा स्थानिय विद्यालयका अधिकांश विद्यालय बसहरुमा सिट भन्दा बढि विद्यार्थीहरु राखी सवारी साधन
स्पिडमा गुडाउने गरेको समेत पाइएको थियो ।

Traffice police - nawalparasi 3

सुनवलमा ट्रफिक चेकजाँच/ ३ हजार २ सय राजश्व संकलन

नवलपरासी मा सचेतना मुलक ट्रफिक चेकजाँज अभियान अन्तरर्गत आइतवार सुनवल चोक मा सवारी
चेक जाँच गरिएको छ । नियम उल्लङघन गरेका मोटरसाइकल, वस ,ट्रक गरि ९ वटा सावरी साधन वाट ३ हजार २ सय
रजश्व संकल समेत भएको ट्राफिक प्रहिर साहायक निरिक्षक ज्ञान वहादुर वराकोटिले वताउनुभयो । ट्रफिक नियम
उल्लङघन गर्ने हेलमेट नलगाउने ,मापसे , कागजपत्र , तिव्र गति ,सिट नम्वर, भाडासुल्क नटासिएको लगाएत
ट्रफिक उलङघन गर्ने लाई चेक जाँच गरएको ट्रफिक प्रहिर साहायक निरिक्षक ज्ञान वहादुर वराकोटिले जानकारि
दिनुभयो ।

Traffice police - nawalparasi
सवारी दुर्घटना न्युनिकरण का
लागी एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नगरिक समाज , पत्रकार , यातायात ब्यवसायि लगाएतको
टोलिले सवारी चेकजाँच गरेको इलाका प्रहरी कर्यालय सुनवलका प्रमुख प्रहरी निरिक्षक योगन्द्र तिमिल्सीनाले
वताउनु भयो ।

Traffice police - nawalparasi 4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ