४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन

१४ बैशाख २०७३, मंगलवार १०:५९

बैशाख १४, नवलपरासी । नवलपरासीको देवचुली नगरपालीका,
प्रगतीनगरमा १ सय ८ बर्षिय बृद्धको निधन भएको छ । हिजो (सोमबार) प्रगतीनगर स्थित आफ्नै निबासमा अजुती
चापागाईको निधन भएको हो । उहाँको सोमबार नै अन्त्यष्टि गरीएको छ ।

बि.सं. १९६५ मा जन्मिएर ९५ बर्ष पहाडि जिल्लामै आफ्नै जीवन बिताउनु भएकी चापागाई पछिल्लो १३
बर्ष देखी तराईमा बस्दैआउनु भएको थियो । २ छोरा (नरभुपाल चापागाई, दुर्गा प्रसाद चापागाई) र २ छोरी
(लक्ष्मि चापागाई, खगिसर चापागाई) लाई जन्मदिनु भएकी उहाँसँग पछिल्लो समय कान्छा छोरा दुर्गा प्रसाद
चापागाई सँगै बस्दै आउनुभएको छ । कान्छा छोरा दुर्गा प्रसाद पनि अहिले ६८ बर्ष पुगिसक्नुभएको छ । उहाँको
जेठाछोरा र छोरीको भने मृत्यु भईसकेको छ ।

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन
पछिल्लो तिनबर्ष देखी घरकै खाट बाट लडेर सामान्य घाईते हुनभएकी अजुती चापागाई हिडडुल गर्न
सक्नुहुन्थ्यो । पछिल्लो एकबर्ष देखी घरका सदस्य बाहेक अन्यलाई चिन्न समेत छोड्नु भएको कान्छो छोरा
तर्फका नाती गंगाराम चापागाईले बताउनु भयो । “घरका सदस्यलाई मात्र चिन्नुहुन्थ्यो, टाढा भएको मान्छेलाई
ठम्म्याउन सक्नुहुन्नथ्यो”, गंगारामले भन्नुभयो । नाती गंगारामका अनुसार हजुरआमा अजुतीले छोरा, नाती,
पनाती गर्दै अहिले सम्म १४० सन्तान देखिसक्नुभएको छ । उहाँले जेठी छोरी तर्फ पाँच पुस्ता र छोरा तर्फ ३
पुस्ता देखीसक्नुभएको थियो ।

IMG_20151022_123420


तस्बिर /भिडियोः बि.सं. २०७२ सालको बिजया दशमीमा आफ्ना
सन्तानहरुलाई आर्शिवाद दिनुहुँदै  अजुती चापागाई।

– तस्बिर/भिडियोः गोपिकृष्ण चापागाई/ साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’