२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन

१४ बैशाख २०७३, मंगलवार ११:३०

बैशाख १४, नवलपरासी ।
नवलपरासीको देवचुली नगरपालीका, प्रगतीनगरमा १ सय ८ बर्षिय बृद्धको निधन भएको छ । हिजो (सोमबार)
प्रगतीनगर स्थित आफ्नै निबासमा अजुती चापागाईको निधन भएको हो । उहाँको सोमबार नै अन्त्यष्टि गरीएको छ

बि.सं. १९६५ मा जन्मिएर ९५ बर्ष पहाडि जिल्लामै आफ्नै जीवन
बिताउनु भएकी चापागाई पछिल्लो १३ बर्ष देखी तराईमा बस्दैआउनु भएको थियो । २ छोरा (नरभुपाल चापागाई,
दुर्गा प्रसाद चापागाई) र २ छोरी (लक्ष्मि चापागाई, खगिसर चापागाई) लाई जन्मदिनु भएकी उहाँसँग पछिल्लो
समय कान्छा छोरा दुर्गा प्रसाद चापागाई सँगै बस्दै आउनुभएको छ । कान्छा छोरा दुर्गा प्रसाद पनि अहिले ६८
बर्ष पुगिसक्नुभएको छ । उहाँको जेठाछोरा र छोरीको भने मृत्यु भईसकेको छ ।

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन
पछिल्लो तिनबर्ष देखी घरकै खाट बाट लडेर सामान्य घाईते हुनभएकी अजुती चापागाई हिडडुल गर्न
सक्नुहुन्थ्यो । पछिल्लो एकबर्ष देखी घरका सदस्य बाहेक अन्यलाई चिन्न समेत छोड्नु भएको कान्छो छोरा
तर्फका नाती गंगाराम चापागाईले बताउनु भयो । “घरका सदस्यलाई मात्र चिन्नुहुन्थ्यो, टाढा भएको मान्छेलाई
ठम्म्याउन सक्नुहुन्नथ्यो”, गंगारामले भन्नुभयो । नाती गंगारामका अनुसार हजुरआमा अजुतीले छोरा, नाती,
पनाती गर्दै अहिले सम्म १४० सन्तान देखिसक्नुभएको छ । उहाँले जेठी छोरी तर्फ पाँच पुस्ता र छोरा तर्फ ३
पुस्ता देखीसक्नुभएको थियो ।

IMG_20151022_123420


तस्बिर /भिडियोः बि.सं. २०७२ सालको बिजया
दशमीमा आफ्ना सन्तानहरुलाई आर्शिवाद दिनुहुँदै  अजुती चापागाई।

– तस्बिर/भिडियोः गोपिकृष्ण चापागाई/
साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते