बैशाख २०, नवलपरासी । राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०१६ को अवसर
पारी नवलपरासीको आदर्श उच्च माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ
।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ, नवलपरासी
शाखाले सो विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो । १० जना दृष्टिविहीन
बालबालिकालाई क्यानका केन्द्रीय सदस्य नवराज कुँवरले विद्यालय पोसाक उपलब्ध गराएका हुन् ।