सागर शर्मा/फागुन ७, प्यूठान । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३ औं जिल्ला स्तरिय गोष्ठी महेन्द्र माध्यमिक विद्यालय रस्पुरकोट २ सरङवेसिमा सम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन ७, प्यूठान । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३ औं जिल्ला स्तरिय गोष्ठी महेन्द्र माध्यमिक विद्यालय रस्पुरकोट २ सरङवेसिमा सम्प"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३औं जिल्ला स्तरिय गोष्ठी सम्पन्न

७ फाल्गुन २०७३, शनिबार १२:२६


सागर शर्मा/फागुन ७, प्यूठान । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा सर्कलको ३३ औं जिल्ला स्तरिय गोष्ठी महेन्द्र माध्यमिक विद्यालय रस्पुरकोट २ सरङवेसिमा सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अथिति रहनु भएका नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा प्यूठानका सभापति गुमानराज पुलामीले कार्यक्रममा बोल्दै भन्नु भयो रेडक्रसमा आवद्ध विद्यार्थिले आफुसँगै आफ्ना साथिहरुलाई सहयोगी बनाउनु पर्ने हुन्छ आपतमा सहयोग गर्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिनु भएको छ । ‘उहाँले भन्नु भयो रेडक्रसमा आवद्ध हरेक व्यक्ति कर्तव्य निष्ठ बन्न जरुरी छ ।’

उक्त गोष्ठीमा अघिल्लो बर्षको कार्यक्रम मार्फत तयार गरिएको विभिन्न विद्यालय स्तरिय कार्यक्रमहरुको समीक्षा गरिएको छ ।  भने जिल्लाको ५२ ओटा विद्यालय उपस्थित रहेको उक्त गोष्ठीमा आगामी आर्थिक बर्षमा सञ्चालन गरिने विद्यालय स्तरिय कार्यक्रमहरु हाजिरी जवाफ प्रतियोगिता, वत्तित्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता लगाएतको कार्यक्रमहरु उपस्थित विद्यालयहरुलाई बाडफाड गरिएको छ । 

 यो बर्ष विभिन्न कार्यक्रममा भाग लिएर जित हात पारेका विधार्थिलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ । 

त्यस्तै आगामी बर्ष ३४ औ जिल्ला स्तरिय गोष्ठी भानुभक्त मावि बरबोटले सञ्चालन गर्ने ३३ औं गोष्ठीबाट निर्णय भएको आयोजकले बताएको छ । आगामी बर्षका कार्यक्रमको निरिक्षण गर्नको लागि संयोजक नारायण प्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यिय टोली गठन गरिएको छ ।

समापन कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कमल केसिको रहेको थियो भने विद्यालय का शिक्षक कृष्ण विक्रम शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन