४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कर्मैया र लगुनामा स्थानीयको पूर्ण श्रमदानबाट बाटो निर्माण

२५ बैशाख २०७३, शनिबार ०३:५३

बैशाख २५, नवलपरासी । नवलपरासीको
कर्मैया र लगुनाका स्थानीयबासिन्दाहरु अहिले सामाजिक कार्यमा अगाडि बढिरहेका छन । बर्दघाट नगरपालिका
वार्ड नं ३ स्थित कर्मैया देखि लगुना जाने कच्ची बाटो ग्राभेल कार्यमा त्यहाका स्थानीयबासीहरु अहिले
निकै सकृय भएर बाटो मर्मत गर्न तर्फ अगाडि बढेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष होमनाथ बस्याललेको अध्यक्षता र स्थानीयबासी गोपीकृष्ण
न्यौपाने,रामप्रसाद न्यौपाने,अर्जुन बस्याल,गणेशबहादुर क्षेत्री,प्रकाश अधिकारी लगायतको प्रत्यक्ष
सकृयतामा सो बाटो निर्माण भएको हो ।

कर्मैया देखि लगुना
जाने बाटोको चौडाई ८ मिटर र लम्बाई लगभग १ किलोमिटरको बाटो मर्मत कार्य अहिले पूर्ण रुपमा सम्पन्न भएको
हो । बर्दघाट नगरपालिकाको २ लाख रुपैया आर्थिक बजेट र बाँकी स्थानीयको श्रमदानबाट बाटो निर्माण कार्य
सम्पन्न भएको हो ।

स्थानीयकको प्रत्यक्ष सकृयतामा दुई दिन
लगाएर सो बाटो ग्राभेल मर्मत कार्य सम्पन्न गरिएको हो । “बजार क्षेत्रबाट निकै टाढा दूर्गम भेगमा भएकोले
नी यो बाटो निर्माण कार्य समपन्न हुन यतिका समय लागेको हो” स्थानीय गोपीकृष्ण न्यौपानेले भन्नुभयो,
अहिलेसम्म त बाटो कालेपत्रे भइसकनु पर्ने हो तर नगरपालिकाले पूर्ण रुपमा बेवास्ता गर्दा हामीले नै सबै
काम आफै गरिरहेका छौ दैनिक ५० देखि १०० जनाको सहभागितामा यतिको बाटो मर्मत गरियो बाँकी काम नगरपालिकाले
चाडो भन्दा चाडो सम्पन्न गरिदिए बर्षातको समयमा स्थानीयलाई हिँडडुल गर्न सजिलो हुने अध्यक्ष बस्यालले
बताउनुभयो ।

– सजनी आले बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा