१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित

८ फाल्गुन २०७३, आईतवार ०५:१२

फागुन ८, विराटनगर | नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित हुनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । 

आज विहान घोषणा मतपरिणाम अनुसार पोखरेलले प्रेस युनियन, मधेशी पत्रकार समाज र स्वतन्त्रको प्यानलवाट उम्मेदवारी दिनु भएका अनन्तराज न्यौपानेलाई ८ मत अन्तरले पराजित गर्नु भएको हो । पोखरेलले – ५ मत प्राप्त गर्नु भयो भने न्यौपानेले ७७ मत प्राप्त गर्नु भएको थियो । अध्यक्षमा निर्वाचित पोखरेल यसअघि उपाध्यक्ष हुनु हुन्थ्यो । उपाध्यक्षमा कुमोद अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले नवराज कट्टेललाई ३ मत अन्तरले पराजित गर्नुभयो ।  अधिकारीले ८५ मत प्राप्त गर्नुभयो भने कट्टेलले ८२ मत प्राप्त गर्नु भएको छ । महिला उपाध्यक्षमा इन्दिरा भट्टराई र शुशिला पाठकले वरावरी मत प्राप्त गरेका छन् । दुवै उम्मेदवारले ८३/८३ मत प्राप्त गरेका छन् । सचिवमा अर्जुन आचार्य विजयी हुनु भएको छ ।

आचार्यले सुभाष कार्कीलाई २३ मत अन्तरले पराजित गर्नुभयो । सहसचिवमा सन्तोष राई विजयी हुनु  भएको छ । उहाँले किरण न्यौपानेलाई पराजित गर्नु भयो । समावेशी सहसचिवमा सत्यनारायण शर्मा  र कोषाध्यक्षमा सन्तोष सिग्देल विजयी हुनु भएको छ । सदस्यहरुमा ज्योति चौहान, प्रेम देवान, नविनचन्द्र कर्ण, किशोर विश्वकर्मा, ध्रुव भट्टराई, हरि अधिकारी, कौशल निरौला, सरोज वस्नेत, श्रीमन्त भट्टराई, सुमन घिमिरे विजयी हुनु  भएको छ ।

केन्द्रिय पार्षदमा अजित तिवारी, विजय खतिवडा, विक्रम लुईटेल, विक्रम निरौंला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलाबल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, सञ्जीव खनाल, उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा, विनु तिम्सीना, ललिता भट्टराई, शान्ति दाहाल, उमा पोखरेल विजयी भएको निर्वाचन अधिकृत डिल्ली पोखरेलले जानकारी दिनुभयो । अधिवेशनले २४ जना प्रदेश पार्षद पनि निर्वाचित गरेको छ । अधिकांश पदहरुमा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन