२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित

२०७३, ८ फाल्गुन आईतवार ०५:१२

फागुन ८, विराटनगर | नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित हुनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । 

आज विहान घोषणा मतपरिणाम अनुसार पोखरेलले प्रेस युनियन, मधेशी पत्रकार समाज र स्वतन्त्रको प्यानलवाट उम्मेदवारी दिनु भएका अनन्तराज न्यौपानेलाई ८ मत अन्तरले पराजित गर्नु भएको हो । पोखरेलले – ५ मत प्राप्त गर्नु भयो भने न्यौपानेले ७७ मत प्राप्त गर्नु भएको थियो । अध्यक्षमा निर्वाचित पोखरेल यसअघि उपाध्यक्ष हुनु हुन्थ्यो । उपाध्यक्षमा कुमोद अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले नवराज कट्टेललाई ३ मत अन्तरले पराजित गर्नुभयो ।  अधिकारीले ८५ मत प्राप्त गर्नुभयो भने कट्टेलले ८२ मत प्राप्त गर्नु भएको छ । महिला उपाध्यक्षमा इन्दिरा भट्टराई र शुशिला पाठकले वरावरी मत प्राप्त गरेका छन् । दुवै उम्मेदवारले ८३/८३ मत प्राप्त गरेका छन् । सचिवमा अर्जुन आचार्य विजयी हुनु भएको छ ।

आचार्यले सुभाष कार्कीलाई २३ मत अन्तरले पराजित गर्नुभयो । सहसचिवमा सन्तोष राई विजयी हुनु  भएको छ । उहाँले किरण न्यौपानेलाई पराजित गर्नु भयो । समावेशी सहसचिवमा सत्यनारायण शर्मा  र कोषाध्यक्षमा सन्तोष सिग्देल विजयी हुनु भएको छ । सदस्यहरुमा ज्योति चौहान, प्रेम देवान, नविनचन्द्र कर्ण, किशोर विश्वकर्मा, ध्रुव भट्टराई, हरि अधिकारी, कौशल निरौला, सरोज वस्नेत, श्रीमन्त भट्टराई, सुमन घिमिरे विजयी हुनु  भएको छ ।

केन्द्रिय पार्षदमा अजित तिवारी, विजय खतिवडा, विक्रम लुईटेल, विक्रम निरौंला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलाबल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, सञ्जीव खनाल, उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा, विनु तिम्सीना, ललिता भट्टराई, शान्ति दाहाल, उमा पोखरेल विजयी भएको निर्वाचन अधिकृत डिल्ली पोखरेलले जानकारी दिनुभयो । अधिवेशनले २४ जना प्रदेश पार्षद पनि निर्वाचित गरेको छ । अधिकांश पदहरुमा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा