बैशाख २७,
नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले नेपालमा जनवादी क्रान्ति गर्न लागि
माओवादीबीच सिद्धान्तनिष्ट एकता हुनुपर्नेमा जोड दिएको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपरासी अन्तरगत
इलाका संयोजकहरुको सोमबार दाउन्नेमा भएको भेलाबाट उक्त निष्र्कष निकालिएको हो ।
भेलामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले नया जनवादी
क्रान्ति कम्युनिष्टहरुको अभिारा भएकाले त्यस मुद्धामा आउने कुनै सुकै कम्युनिष्टहरु बीच सिद्धान्तनिष्ट
एकता हुने बताउनुभएको थियो ।
नेता लम्सालले क्रान्तिको
शर्तमा एकता हुने र संसदवादमा रमाउनका लागि जो कोही संग पनि एकता हुन नसक्ने औल्याउनुभएको थियो । भेला
सो पार्टीका सहसंयोजक सुर्य न्यौपानेको संचालनमा भएको थियो ।