

मृत्युहुनेमा मोरङ पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझा रहेका छन् । पूर्वतर्फ आइरहेको को १ ख ५४४६ नं को यात्रुबाहक बसले पश्चिमतर्फ गइरहेको को १६ प २१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाईते भएका मोटरसाइकल चालक ओझाको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
ठक्करबाट मोटरसाइकलको पछाडी सवार सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर चम्जोङ गम्भीर घाइते भएका छन् । घाइते चेम्जोङको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


