नरी बडु/ असोज ९, बैतडी । बैतडीको गोकुलेश्वर गाविस १ डडियामा आज बिहान एक महिलाको सव बेवारीसे अवस्थामा फेला परेको छ ।
बैतडी र दार्चुलाको सिमा भएर बग्ने चमेलिया नदी किनारमा अन्दाजि ३० वर्षिय महिलाको सव फेला परेको हो ।
निधारमा खद र रातो ब्लाउज लगाएकि उक्त महिलाको सव चमेलिया नदी किनारामा भेटीएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपि मोहन पोखरेलले बताए ।
नदी किनारामा स्थानियले सव देखेपछि प्रहरीलाई खबर गरेका थिए अहिले गोकुलेश्वरबाट सही भिमबहादुर मल्लको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको छ ।
मृतक महिलाको हत्या वा आत्माहत्या के भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।