२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पेट्रोल र डिजेलको चरम अभाव

२०७२, १५ आश्विन शुक्रबार ०६:१४

नरी बडु, असोज १५, बैतडी । भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्ति रोकेपछी बैतडीमा पनि डिजेल र पेट्रोलको चरम अभाव भएको छ ।
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण बैतडीमा पनि पेट्रोल र डिजेलको चरम अभाव सिर्जना भएको हो ।
जिल्लामा डिजेल र पेट्रोलको आपूर्ती नहुँदा जिल्ला प्रशासन कार्यालयले जोर विजोर प्रणाली अन्र्तगत सानो गाडीलाई हप्तामा १० लिटर र ठूलो गाडीलाई हप्तामा २० लिटर मात्र डिजेल उपलब्ध गराउन पेट्रोल पम्प संचालकहरुलाई निर्देशन दिएको छ ।

नेपाल सरकारको पेट्रोल र डिजेल फारु गर्ने कार्यक्रम अनुसार सरकारी गाडी पनि आवश्यकता अनुसार मात्र चलाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

उहाले भन्नुभयो “पेट्रोलियम पदार्थको समस्या भएकाले सकभर सार्वजनिक गाडीमा मात्र यात्रा गर्न सुझाव दिएका छौ” ।
माथिबाटै आवश्यकता अनुसार पेट्रोलियम पदार्थका आपुर्ति नहुदा आफुहरुलाई पनि वितरण गर्न नसकिरहेको भण्डारी आयल स्टोर सतबाँझका संचालक लाल बहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार भण्डारी आयल स्टोरमा अहिले कत्तिपनि पेट्रोल मौज्दात छैन । अहिले जिल्लामा करीब १५ दिन जति मात्रै धान्नसक्ने गरी पेट्रलियम पदार्थ रहेको प्रमुख प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से