१९ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

खोरुण्डे मेला फागुन २१ देखि

१४ फाल्गुन २०७३, शनिबार १०:१५

प्रकाश धौलाकोटी/फागुन १४, तेह्रथुम । तेह्रथुम म्याङलुङ्ग नगरपालिकास्थित जिल्लाकै एक मुख्य व्यापारिक केन्द्र जिरिखिम्ती बजारमा २१ फागुनदेखि करिब दुई सातासम्म बृहत मेला सन्चालन हुने भएको छ । 

‘खेल प्रवद्र्धनको आधार, पर्यटकीय र धार्मिक स्थलको प्रचार’ भन्ने नाराका साथ विगतदेखि सन्चालन हुँदै आएको खोरुण्डे मेला यसवर्षपनि साता व्यापी रुपमा भव्यताका साथ सन्चालन हुने भएको हो । 

आयोजक जिरिखिम्ती युवा क्लबले शुक्रबार मेलाबारे पिंगुवा खोलामा रहेको शिवथान मन्दिरमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । यो वर्ष फागुन २१ गतेदेखि चैत्र २ गतेसम्म खोरुण्डे मेला सन्चालन हुने क्लबका अध्यक्ष श्रीप्रसाद कार्कीले बताए । 

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष कार्कीले प्रत्येक बर्ष फागु पुर्णिमाको दिन लाग्दै आएको खोरुण्डे मेलाको अबसरमा आसपासमा रहेका धार्मिक तथा एतिहासिक पर्यटकीय स्थलहरुको समेत प्रचार प्रशार गर्ने उदेश्यले बृहत मेला आयोजन गर्न लागिएको जानकारी दिए । उनले मेलाको अबसरमा जिरिखिम्ती आसपासमा रहेका धार्मिक तथा एतिहासिक स्थलहरुको अबलोकन गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आयोजकले अवलोकन गराउने समेत बताए । 

मेलामा विगत झैँ खोरुण्डे रनिङ कप पुरुष फुटबल, महिला फुटबल र पुरुष भलिबल प्रतियोगिता सन्चालन हुनेछन् । पुरुष फुटबल तर्फ विजेता र उपविजेताले क्रमशः ७५ हजार र ४० हजार तथा महिला फुटबल र पुरुष भलिबलतर्फ विजेता र उपविजेतालाई क्रमशः २५ र १५ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए । 

यस्तै मेलाको अवसरमा यो वर्षपनि हरेक दिन साँझ स्थानीय साथमा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती हुनेछ । यस्तै रोटे पिङ सहित विभिन्न मनोरन्जनात्मक खेलहरु समेत सन्चालन गरिनेछ । ‘मेलाबाट जिल्लाकै आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय सम्पत्तिको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ, उनले भने, ‘त्यसैले मेलाकालागि हामीले सबैसँग सहयोग मागेका छौँ ।’ जिरिखिम्तीबजारमा लाग्ने सो मेलामा यस वर्ष १ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ । 

खेल अवधिभर २० हजार बढी तेह्रथुमेले मेलाको अवलोकन गर्ने क्लबले जनाएको छ । मेलालाई शान्तिपुर्ण वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न गर्न प्रयत्न गरिएको क्लबका सचिव लासिकहाङ लिम्बुले बताए । 

मेलामा पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा लगायत जिल्लाका खेलाडी, खेलप्रेमी तथा संस्कृतिप्रेमीसहित दर्शकहरुको उपस्थिति रहनेछ । मेलाको अवसरमा स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प देश निर्वाचनमा केन्द्रित भयोः संयोजक दाहाल अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह भेनेजुएलाको राजधानीमा विस्फोट,अमेरिकी हस्तक्षेपको आरोप देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण साँखु सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु स्विट्जरल्यान्डको बारमा लागेको आगलागीमा मृत्यु सङ्ख्या बढ्ने आशङ्का, ११९ जना घाइते जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्कनुभएन… कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प त्रिवेणीधाममा माधव नारायण मेला सुरु गाजामा गहिरिँदै मानवीय सङ्कट, दश लाखभन्दा बढीलाई आश्रयको खाँचो बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’ ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल