२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

खोरुण्डे मेला फागुन २१ देखि

२०७३, १४ फाल्गुन शनिबार १०:१५

प्रकाश धौलाकोटी/फागुन १४, तेह्रथुम । तेह्रथुम म्याङलुङ्ग नगरपालिकास्थित जिल्लाकै एक मुख्य व्यापारिक केन्द्र जिरिखिम्ती बजारमा २१ फागुनदेखि करिब दुई सातासम्म बृहत मेला सन्चालन हुने भएको छ । 

‘खेल प्रवद्र्धनको आधार, पर्यटकीय र धार्मिक स्थलको प्रचार’ भन्ने नाराका साथ विगतदेखि सन्चालन हुँदै आएको खोरुण्डे मेला यसवर्षपनि साता व्यापी रुपमा भव्यताका साथ सन्चालन हुने भएको हो । 

आयोजक जिरिखिम्ती युवा क्लबले शुक्रबार मेलाबारे पिंगुवा खोलामा रहेको शिवथान मन्दिरमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । यो वर्ष फागुन २१ गतेदेखि चैत्र २ गतेसम्म खोरुण्डे मेला सन्चालन हुने क्लबका अध्यक्ष श्रीप्रसाद कार्कीले बताए । 

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष कार्कीले प्रत्येक बर्ष फागु पुर्णिमाको दिन लाग्दै आएको खोरुण्डे मेलाको अबसरमा आसपासमा रहेका धार्मिक तथा एतिहासिक पर्यटकीय स्थलहरुको समेत प्रचार प्रशार गर्ने उदेश्यले बृहत मेला आयोजन गर्न लागिएको जानकारी दिए । उनले मेलाको अबसरमा जिरिखिम्ती आसपासमा रहेका धार्मिक तथा एतिहासिक स्थलहरुको अबलोकन गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आयोजकले अवलोकन गराउने समेत बताए । 

मेलामा विगत झैँ खोरुण्डे रनिङ कप पुरुष फुटबल, महिला फुटबल र पुरुष भलिबल प्रतियोगिता सन्चालन हुनेछन् । पुरुष फुटबल तर्फ विजेता र उपविजेताले क्रमशः ७५ हजार र ४० हजार तथा महिला फुटबल र पुरुष भलिबलतर्फ विजेता र उपविजेतालाई क्रमशः २५ र १५ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए । 

यस्तै मेलाको अवसरमा यो वर्षपनि हरेक दिन साँझ स्थानीय साथमा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती हुनेछ । यस्तै रोटे पिङ सहित विभिन्न मनोरन्जनात्मक खेलहरु समेत सन्चालन गरिनेछ । ‘मेलाबाट जिल्लाकै आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय सम्पत्तिको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ, उनले भने, ‘त्यसैले मेलाकालागि हामीले सबैसँग सहयोग मागेका छौँ ।’ जिरिखिम्तीबजारमा लाग्ने सो मेलामा यस वर्ष १ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ । 

खेल अवधिभर २० हजार बढी तेह्रथुमेले मेलाको अवलोकन गर्ने क्लबले जनाएको छ । मेलालाई शान्तिपुर्ण वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न गर्न प्रयत्न गरिएको क्लबका सचिव लासिकहाङ लिम्बुले बताए । 

मेलामा पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा लगायत जिल्लाका खेलाडी, खेलप्रेमी तथा संस्कृतिप्रेमीसहित दर्शकहरुको उपस्थिति रहनेछ । मेलाको अवसरमा स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने