कमल रावल |  फागुन १५, अछाम | छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने भएका छन । सुदुरश्चिममा सामाजिक रुपमा जरा गाडेर बसिरहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल |  फागुन १५, अछाम | छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने भएका छन । सुदुरश्चिममा सामाजिक रुपमा जरा गाडेर बसिरहेको"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी कुप्रथा न्युनिकरणका लागि सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने

१५ फाल्गुन २०७३, आईतवार ०९:३७

कमल रावल |  फागुन १५, अछाम | छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने भएका छन । सुदुरश्चिममा सामाजिक रुपमा जरा गाडेर बसिरहेको छाउपडी कुप्रथा अन्त्यका लागि एक भएर अघि बढ्ने भएका हुन ।

जिल्लामा सामुदायिक रेडियो र छापा माध्याम संञ्चार माध्यायमले चैतको पहिलो हप्ता बाट नै अभियान संञ्चालन गर्ने निर्णय गरेका छन । जसमा जिल्लाका ७ वटै सामुदायिक रेडियो प्रतिनिधित्व हुने गरि अभियान समन्वय समिती र कार्यक्रम उत्पादन समिती गठन गरिएको छ ।

सामुदायिक प्रसारक संघ अकोराबका क्षेत्रिय उपाध्यक्ष जनकराज भण्डारी सँयोजक रहने गरि ११ जनाको समन्वय समिती र रेडियो सोशाईटिका स्टेशन म्यानेजर विष्णु प्रसाद भण्डारी कार्यक्रम सँयोजक रहने गरि ७ वटै रेडियोका समाचार प्रमुख तथा कार्यक्रम प्रमुख सदस्य रहने गरि उत्पादन समिती गठन भएको हो । जिल्लामा छाउपडी कुप्रथा न्युनिकरणका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालय सँगै समन्वय गरि कार्यक्रमलाई अघि बढाईने निर्णय गरिएको छ । सामुदायिक प्रसारक संघ÷सामुदायिक सुचना नेटवर्क सिआईएनका समाचार प्रमुख गोविन्द खड्काको बिशेष उपस्थितीमा भएको बैठकमा उहाँले अछामका सामुदायिक रेडियाले उठाएको मुद्दा समाज परिवर्तनका लागि भएकाले आफनो क्षेत्रबाट गर्न सकिने सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

सामुदायिक रेडियो समुदायका लागि भएकाले अब समाज परिवर्तनको जिम्मा आएकाले अग्रणि भुमिका खेल्नु पर्ने बताउनु भयो । बैठकमा अछाम स्थित सबै सामुदायिक रेडियोका प्रमुख तथा प्रतिनिधी, छापा माध्यामका कार्यरत संञ्चारकर्मिको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर