नरी बडु/ मंसिर २३, बैतडी । बैतडीको दुर्गास्थानका एक व्यक्तिले आफ्नै सरीरमा आगो लगाई घाईते भएका एक व्यक्तिको ज्यान गएको छ ।
आफ्नै सरीरमा आगो लगाएका जिल्लाका तल्लीस्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविस वडा नं. ६ एचेकडाँका ३८ वर्षिय नारायण बडुको आज सेति अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
गएको सोमबार आफ्नै सरीरमा आगो लगाएका बडुले जल्दै गर्दा आफ्नी आमाको सरीरमा टाँसीएपछि दुवैजना जलेर गम्भीर घाईते भएका थिए ।
घटना पनि दुबैलाई उपचारको लागि सेति अञ्चल अस्पताल धनगढी भर्ना गरीएको थियो ।
आगो लगाउने बडुको अञ्चल अस्पतालमानै उमचारको क्रममा मृत्यू भएको र जलेरै गम्भीर घाईते भएकी उनकी आमालाई सेति अञ्चल अस्पतालले नेपागंज रिफरर गरीएको नेपालगंजमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौँ रिफर गरीएको अस्पताल श्रोतले जनाएको छ ।
मृतक बडुका एक श्रीमती र २ छोरी रहेका छन् ।