१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

१८ फाल्गुन २०७३, बुधबार ०३:१६

फागुन १८, इनरुवा । बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ । 

मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङ्घको एम्बुलेन्सबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, सीमा प्रहरी चौकी, भान्टाबारी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट, भान्टाबारी समेतको संयुक्त टोलीले पच्छ्याउँदै एम्बुलेन्सलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सात बोरा ९जम्मा १८८ केजी० गाँजासहित पक्राउ गरेको हो । 

उक्त एम्बुलेन्स र सोही एम्बुलेन्समा सवार एकजना व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट