१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा मतदाता तीन लाख सोह्र हजार

१८ फाल्गुन २०७३, बुधबार ०८:२३

चितवन, १८ फागुन । जिल्लामा मतदाताको सङ्ख्या तीन लाख १६ हजार छ सय ५३ पुगेको छ । 

करिब उन्नाइस वर्षका अवधिमा मतदाताको सङ्ख्या ७५ हजार छ सय २५ ले वृद्धि भएको छ । विसं २०५४ को स्थानीय निर्वाचनमा दुई लाख ४१ हजार २६ जना मतदाता थिए । 

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कानुसार विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार आठ सय तीन मतदाता थिए । तीमध्ये दुई लाख १६ हजार पाँच सय २२ मत खसेको थियो । खसेका मतमध्ये दुई लाख सात सय ५९ मत सदर भएको थियो । त्यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनका समयमा जिल्लामा तीन लाख ८२ हजार पाँच सय ८० मतदाता थिए । 

निर्वाचन कार्यालयका अनुसार आउँदो स्थानीय निर्वाचनका लागि जिल्लामा २४ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । विसं २०५४ मा नौ राजनीतिक दल स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए । 

तत्कालीन समयको स्थानीय निकायको निर्वाचनमा १३ इलाका, ३६ गाविस र दुई नगरपालिका थिए जसमा ७० मतदान केन्द्रमार्फत निर्वाचन गराइएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा मतदाता नामावलीमा नाम दोहोरो, तेहेरो रुपमा परेकाले मतदाता सङ्ख्या बढी भएको र अहिले नागरिकता लिई आफू स्वयं नामावली दर्ता गर्न आउनुपर्ने भएकाले त्यस्तो समस्या नहुने कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । 

अहिले राज्य पुनःसंरचना आयोगले दिएको संरचनाको ढाँचा परिवर्तन हुने हो वा होइन भन्ने यकिन नभएका कारण मतदानस्थल र केन्द्र तय भइनसकेको उहाँले बताउनुभयो । निर्वाचनको मिति तय भएसँगै कार्यालयले मतदाता नामावली सङ्कलनको कामलाई रोकी अद्यावधिक गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट