१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

१८ फाल्गुन २०७३, बुधबार ०९:०८

फागुन १८, लमजुङ । जिल्लामा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ । 

असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो । 

जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा गर्भपतन सेवा नभएपनि अन्यत्र गर्भपतन गराएर समस्यामा परेका बिरामी भने सो अस्पतालमा आउने गरेका छन् । 

अस्पतालको तथ्याङ्क अनुसार गत साउन यता ५६ जनाले असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या भएर थप उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा आएका हुन् । गर्भपतनपछि समस्या भएर आएकाको पनि तथ्याङ्क राखिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले बताउनुभयो । 

लमजुङमा सुरक्षित गर्भपतनको लागि पाँचवटा स्वास्थ्य एकाइले मात्र अनुमति पाएपनि निजी मेडिकल हल तथा क्लिनिकमा गएर असुरक्षित गर्भपतन गराउने बढिरहेको अनुमान गरिएको छ । 

“सरकारले १२ हप्तासम्मको गर्भपतनको निम्ति निःशुल्क व्यवस्था गरेको छ” जनस्वास्थ्य प्रमुख चापागाईंले भन्नुभयो “तर अस्पतालको तथ्याङ्क अनुसार पैसा तिरेर अवैधानिक र असुरक्षित गर्भपतन गराउने अधिक भएको अनुमान गरेका छौँ ।” 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सदरमुकाम बेसीसहरको (लमजुङ मोडेल अस्पताल) निजी अस्पतालले सुरक्षित गर्भपतनका लागि मान्यता पाएको छ । सोबाहेक सुन्दरबजार अस्पताल, चिसंकु स्वास्थ्यचौकी, धमिलीकुवा स्वास्थ्यचौकी र खुदी स्वास्थ्यचौकीले सुरक्षित गर्भपतनका लागि अनुमति पाएका छन् । 

अवैधानिक र असुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था पहिचान भएकाले त्यस्ता संस्थालाई छानबिन गरी कारबाही गरिने जनस्वास्थ्य प्रमुख चापागाईंले बताउनुभयो । 

सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको निम्ति शुल्क नलाग्ने घोषणा गरेपनि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अघिल्ला वर्षको तुलनामा घटेको पाइएको छ । 

कार्यालयका अधिकृत कौशल भण्डारीका अनुसार चालु आवमा लमजुङमा गर्भपतन गराउनेको सङ्ख्या १०० पनि कटेको छैन । उहाँले जिल्लाका पाँच वटै सेवा केन्द्रबाट करिब ७५ जनाले सुरक्षित गर्भपतन गराएको बताउनुभयो । यसअघिको तथ्याङ्क अनुसार जिल्लामा मासिक ५५ भन्दा बढीले गर्भपतन गराएका थिए । 

असुरक्षित यौन सम्पर्क, छोरा पाउनुपर्ने परम्परागत मान्यताजस्ता कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । गर्भपतन गर्नेमा २० देखि ४० वर्र्ष उमेर समूहका बढी रहेको तथ्याङ्कले देखाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट