१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर लगायत क्षेत्रमा इन्धनमा चरम कालाबजारी

१९ फाल्गुन २०७३, बिहीबार ०६:३४

फागुन १९, गाईघाट (उदयपुर) | केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज बन्दै जान थालेपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ । 

जिल्लाको सदरमुकाम गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भनेपनि अधिकांश पम्पले ट्याङ्करबाट ढुवानी भएका तेल आधामात्र वितरण गर्ने र धेरै लुकाउने गरेपछि अहिले तेलको कालाबजारी बढ्दै जान थालेको एक स्थानीयवासी कृष्ण खड्काले बताउनुभयो । 

एकातिर पम्पले कोटामा आएका तेल पूरा वितरण नगर्ने गरेपछि बजार क्षेत्रका केही पसलबाट बोतलमा लुकाएर राखिएका डिजेल तथा पेट्रोल प्रतिलिटर रु १५० सम्ममा बिक्री गरेर कालाबजारी गर्न थालेको अर्का स्थानीय विजय श्रेष्ठले बताउनुभयो । 

गाईघाटमा रहेका पेट्रोल पम्प ऊर्जा, कालिका, रियाज, गल्फले पम्पमा तेल लुकाएर ठूला व्यवसायी र अन्य आफन्तलाई मात्र वितरण गर्ने गरेको कारण सर्वसाधारणले भने छ घन्टासम्म पनि लाइनमा बसेर तेल पाउन नसकेको पीडित ग्राहक बताउँछन् । 

यता पम्पले खुल्लमखुल्ला तेल लुकाउने र बाहिर अभाव भएको अवस्थामा बोतलमा लुकाइएका तेल महँगो मूल्यमा कालाबजारीमा बिक्री हुने गरेको कारण पम्प सञ्चालकनै कालाबजारी धन्दामा संलग्न भएको एक पीडित ग्राहक किशोर चौधरीले बताउनुभयो । 

चौधरीले भन्नुभयो, “बिहानदेखि दिनको १२ बजेसम्म पनि लाइनमा बस्दा तेल पाइँदैन, बाहिर भने महँगो मूल्यमा लुकीलुकी पसल तथा ग्यारेजमा महँगो मूल्यमा किन्न पाइन्छ, यो कालाबजारी नै हो र यसमा पम्प सञ्चालक पनि संलग्न छन् ।” 

यता जिल्लाका पत्रकार तथा सञ्चारकर्मीले समेत पम्पमा तेल नपाउने र सीमित तेलको कोटासमेत पत्रकारलाई स्थानीय प्रशासनले व्यवस्थापन गर्ने नगरेको कारण पत्रकारले समेत तेलको समस्या भोग्न परेको पत्रकारले गुनासो गरेका छन् । 

यस विषयमा उदयपुरका कामु प्रमुख जिल्ला अधिकारी प्रकाशजङ्ग कार्कीसँग सम्पर्क गर्दा आफूहरुले पम्पमा सबैलाई तेल वितरण गर्न भनेको र अनुगमन पनि गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट