२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर लगायत क्षेत्रमा इन्धनमा चरम कालाबजारी

२०७३, १९ फाल्गुन बिहीबार ०६:३४

फागुन १९, गाईघाट (उदयपुर) | केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज बन्दै जान थालेपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ । 

जिल्लाको सदरमुकाम गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भनेपनि अधिकांश पम्पले ट्याङ्करबाट ढुवानी भएका तेल आधामात्र वितरण गर्ने र धेरै लुकाउने गरेपछि अहिले तेलको कालाबजारी बढ्दै जान थालेको एक स्थानीयवासी कृष्ण खड्काले बताउनुभयो । 

एकातिर पम्पले कोटामा आएका तेल पूरा वितरण नगर्ने गरेपछि बजार क्षेत्रका केही पसलबाट बोतलमा लुकाएर राखिएका डिजेल तथा पेट्रोल प्रतिलिटर रु १५० सम्ममा बिक्री गरेर कालाबजारी गर्न थालेको अर्का स्थानीय विजय श्रेष्ठले बताउनुभयो । 

गाईघाटमा रहेका पेट्रोल पम्प ऊर्जा, कालिका, रियाज, गल्फले पम्पमा तेल लुकाएर ठूला व्यवसायी र अन्य आफन्तलाई मात्र वितरण गर्ने गरेको कारण सर्वसाधारणले भने छ घन्टासम्म पनि लाइनमा बसेर तेल पाउन नसकेको पीडित ग्राहक बताउँछन् । 

यता पम्पले खुल्लमखुल्ला तेल लुकाउने र बाहिर अभाव भएको अवस्थामा बोतलमा लुकाइएका तेल महँगो मूल्यमा कालाबजारीमा बिक्री हुने गरेको कारण पम्प सञ्चालकनै कालाबजारी धन्दामा संलग्न भएको एक पीडित ग्राहक किशोर चौधरीले बताउनुभयो । 

चौधरीले भन्नुभयो, “बिहानदेखि दिनको १२ बजेसम्म पनि लाइनमा बस्दा तेल पाइँदैन, बाहिर भने महँगो मूल्यमा लुकीलुकी पसल तथा ग्यारेजमा महँगो मूल्यमा किन्न पाइन्छ, यो कालाबजारी नै हो र यसमा पम्प सञ्चालक पनि संलग्न छन् ।” 

यता जिल्लाका पत्रकार तथा सञ्चारकर्मीले समेत पम्पमा तेल नपाउने र सीमित तेलको कोटासमेत पत्रकारलाई स्थानीय प्रशासनले व्यवस्थापन गर्ने नगरेको कारण पत्रकारले समेत तेलको समस्या भोग्न परेको पत्रकारले गुनासो गरेका छन् । 

यस विषयमा उदयपुरका कामु प्रमुख जिल्ला अधिकारी प्रकाशजङ्ग कार्कीसँग सम्पर्क गर्दा आफूहरुले पम्पमा सबैलाई तेल वितरण गर्न भनेको र अनुगमन पनि गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा