दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाट"/>

२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सरकारी प्रतिनिधि जलबायु परिवर्तन अनुकुलनका प्रशिक्षक बन्दै

१९ फाल्गुन २०७३, बिहीबार १४:०९


दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ । जिल्ला बन कार्यालयका प्रमुख अचल ढुंगानाको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको प्रमुख आथित्यतामा तालिमको उद्घाटन गरिएको हो । 

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) परियोजनाको आयोजनामा संचालित तालिममा जलबायु परिवर्तनको अवस्था यसले पार्ने प्रभाव र यसको नियन्त्रण तथा न्यूनिकरणका लागि आवश्यक पर्ने अनुकुलन योजना निर्माण प्रक्रिया सार्थक तुल्याउन स्थानीय श्रोत ब्यक्ति उत्पादन गर्ने जस्ता बिबिध उद्देश्य रहेको आशा परियोजनाका जिल्ला संयोजक अनिर अन्सारीले बताउनु भएको छ । उद्घाटन तालिममा तालिमको आवश्यकता र औचित्यवारे प्रकाश पार्दै अन्सारीले यसका लागि समुदाय स्तरमा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरुलाई नै प्रशिक्षक तयार पारेपछि उनीहरुबाटै स्थानीय श्रोत ब्यक्ति उत्पादन गर्न सजिलो हुने भन्दै यस्तो बताउनु भएको हो । 

आज विहिवार देखि ५ दिन सम्म संचालन हुने तालिममा समुदाय संग प्रत्यक्ष सरोकार राख्ने जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका करिव २७ जना प्रतिनिधिहरुले सहभागिता लिएका छन् । तालिम यहि फागुन २३ गते सम्म संचालन हुने आशा परियोजनाका लेखापाल ज्ञान बहादुर ओलीले बताउनु भएको छ । जिल्ला सदरमुकाम मान्मको चन्द्रसूर्य होटलमा आयोजित तालिमको उद्घाटन सत्रको कार्यक्रम संचालन गर्दै लेखापालले यस्तो बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार