शागर सर्मा | फागुन १९,  प्यूठान | जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले आज अफ्नो ३८ औं स्थपना दिवश विविध कार्यक्रम गरेर मनाएको छ । जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शागर सर्मा | फागुन १९,  प्यूठान | जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले आज अफ्नो ३८ औं स्थपना दिवश विविध कार्यक्रम गरेर मनाएको छ । जिल्"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानीले मनायो आफ्नो ३८ औं स्थापना दिवश

२०७३, १९ फाल्गुन बिहीबार १४:२३

शागर सर्मा | फागुन १९,  प्यूठान | जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले आज अफ्नो ३८ औं स्थपना दिवश विविध कार्यक्रम गरेर मनाएको छ । जिल्लाको दुर्गम गाविसमा विभिन्न खालका विकास निर्माण तथा समाज परिवर्तनको काम गर्दै आएको उक्त संस्थाको स्थापना दिवश १७ गते देखि विविध कार्यक्रम गरी मनाएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अथिति स्थानिय विकास अधिकारी इन्द्र प्रसाद बस्यालले जिल्लाकै पुरानो तथा उत्कृष्ट सस्था भएको र जिल्लाको विभिन्न गाविस तथा छिमेकी जिल्लमा समेत आफ्ना कार्यक्रम सञ्चालन गरेर समुदायमा टेवा पुराएको भन्दै प्रशंसा गर्नु भएको छ । उहाँले भन्नु भयो ‘सस्था मार्फत समाज परिवर्तन, विकास निर्माण तथा सरफाई कार्यक्रम गर्दा जिल्ला विकास समितिको समन्वयमा हुदै आएको छ ।’ आगामी दिनमा पनि आफ्ना कार्यक्रम सञ्चालन गर्दा जिल्ला विकास समिति सँग सहकार्य गर्न अनुरोध छ ।

स्थापना दिवसको अवसरमा जिल्लाका १५ जना जेष्ठ नागरिक, बर्षको उत्कृष्ट वर्ष समाजसेवि रजवारा स्थित गोर्वधन थापा, राष्ट्रसेवक कर्मचारी महिला विकास निरिक्षक मायाँ श्रेष्ठ, उत्कृष्ट स्वास्थ्य सेवि डा.समिर लामा, उत्कृष्ट उद्यमि शंकर केसि, विकास पत्रकारीतामा उत्कृष्ट पत्रकार सिटि पोखे्रललाई नगद तथा कदरपत्रले सम्मान गरिएको छ भने प्यूठान क्याम्पसमा अध्ययनरत छात्र तथा छात्रा मिनाक्षी श्रेष्ठ, मुना श्रेष्ठ र अनुराग श्रेष्ठलाई छात्रावृति प्रदान गरिएको छ । साथै सस्थामा कार्यरत उत्कृष्ट छ जना कर्मचारीलाई समेत सम्मान गरिएको छ । जसमा बासुदेव थापा, कृष्णा अधिकारी, सिता रसाइलि, चम्पक श्रेष्ठ, निम केसि र मेलिना लवट रहेका छन ।

दिवसको अवसरमा प्यूठान नगरपालिकाका आमा समुह तथा सामुदायिक सस्थामा आवद्ध २४ टोलीले सदरमुकाम खलंगामा र्याली सञ्चालन गरेको थिए । आफ्नो भेषभुषा तथा झकाी सहित प्रर्दशन गरिएको उक्त र्यालीमा प्रथम चौतारी सामुदायिक सस्था खलंगा, द्धितिय स्वास्थ्य आमा समुह खलंगा ३, तृतिय नेवा खल आमा समुह खलंगा र सान्त्वना हितकारी सामुदायिक सस्था पाण्डेडाडा तथा संगम सामुदायिक सस्था कसेरी रहेका छन । यि सस्थालाई पुुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमको अध्यक्षता सस्थाका कार्यवाहक अध्यक्ष गोपाल शाहको अध्यक्षता रहेको कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन श्रीधर भट्टराईले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु