४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मोदीको पुत्ला जलाईयो, जुलाघाट नाका बन्द गर्ने चेतावनी

१३ आश्विन २०७२, बुधबार २१:०८

नरी बडु/ असोज १४, बैतडी ।  आघोषित रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारतीय प्रधानमन्त्रि मोदिको बिरोध स्वरुप बैतडीमा बुधबार बेलुकी मोदीको पुत्ला दहन गरीएको छ । ९१ प्रतिसत संसदद्वारा बाहुमतले पारीत भएको नेपालको नयाँ संविधान २०७२ घोषणा भएदेखि नौटंकि रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारतीय हस्तक्षेपको बिरोधस्वरुप बैतडीमा भारतविरुद्ध प्रदर्शन सहित पुत्ला दहन गरीएको हो ।

baitadi 2
आज अर्थात बुधाबार बेलुकि बैतडीका विभिन्न विद्यार्थि संगठनहरुद्वारा भारत विरुद्ध नाराबाजिसहित बिरोध गरीएको नेपाल विद्यार्थि संघका जिल्ला सचिव सुरेन्द्र प्रसाद भट्टले बताए ।

आफु स्वाभिमानि नेपाली भएको र भारतको हस्तक्षेप कुनैपनि हातलमा सहन नसक्ने भन्दै बैतडीका नेपाल विद्यार्थि संघ, अनेरास्ववियो लगायत विभिन्न विद्यार्थि संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल र भारतका धेरैजसो नाकाहरुमा भारतले अघोषित रुपमा नाकाबन्दी गरेकाले अफुहरुले पनि बैतडीको जुलाघाट नाका बन्द गर्ने चेतावनी विद्यार्थि संगठनहरुले दिएका छन् ।

baitadi
आजको बिरोधको कार्यक्रम अन्र्तगत भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन, भारतिय विस्तारबाद बिरुद्ध नाराजुलुस मात्रै गरीएपनि भारतले नेपालप्रतिको व्यवहार नसच्याए थप आन्दोलनका कार्यक्रमहरु समेत गरीने अनेरास्ववियोका जिल्ला अध्यक्ष जयन्त कुवरले बताए ।

अहिलेसम्म देशका अरु नाकाहरु बन्द गरीएपनि बैतडीको जुलाघाट नाकाभने सुचारु अवस्थामानै रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

फोटो क्याप्सनः नरी बडु ÷भारतीय विस्तारबादको र भारतीय सरकारको विरोध स्वरुप मोदीको पुत्ला जलाउदै बैतडीका विद्यार्थि संगठनहरु र प्रहरी दहन गरेको पुत्ला निभाउदै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ