२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन स्वास्थ्य बिमा कार्यक्रम लागू

२० फाल्गुन २०७३, शुक्रबार ०९:०२

फागुन २०, चितवन । चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बिमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ । प्याकेजमा सेवा दिने गरी बिमा कार्यक्रम आएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिनुभयो । 

मुख्यगरी न्यूनतम पाँचजनाको परिवारले रु दुई हजार ५०० तिरेपछि बिमा कार्यक्रममा सहभागी हुन पाउने छन् । 

पाँचजनाभन्दा माथि प्रतिव्यक्ति रु ४२५ थपे बिमा कार्यक्रममा सरिक हुन सक्नेछन् । तर पाँचजनाभन्दा कम भएका परिवारले पनि रु दुई हजार ५०० नै तिर्नुपर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । 

उनीहरुले वर्षभरि चितवनको तोकिएको अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने झाले जानकारी दिनुभयो । यसको अवधि एक वर्षको हुनेछ । 

चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी स्वास्थ्य संस्थाबाट बिमाको सुविधा लिन सकिने छ । 

“एक वर्षलाई प्याकेजमा सेवा पाइने छ, कार्यालय प्रमुख झाले भन्नुभयो, सिटी स्क्यान, एमआरआईलगायत ठूला प्रकृतिका उपचार बिमामा समावेश छैन, डाइग्नोसिसका कार्यक्रमहरु यसमा छन् ।” 

जटिल प्रकारका रोगको उपचार बिमाभित्र नपरे पनि साधारण उपचार र रोग पत्ता लगाउनेखालका परीक्षणहरु बिमामार्फत हुने जनाइएको छ । चितवनमा दर्ता सहयोगीको छनोट हुनेबित्तिकै चैत १ गतेबाट नामावली दर्ता सुरु हुने र जेठ १ गतेबाट बिमा गर्न थालिने जनाइएको छ । 

कार्यालय प्रमुख झाका अनुसार चितवनलगायत देशका २२ जिल्लामा यो वर्ष बिमा कार्यक्रम लागू भएका छन् । अघिल्लो वर्ष इलाम, कैलाली र बाग्लुङमा बिमा कार्यक्रम नमुनाका रुपमा लागू भएको थियो । सो क्षेत्रमा ५० हजारले बिमा गरेको झाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो