२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मलेसियाबाट घर फर्किएका महराको हत्या आरोपमा तीन पक्राउ

२०७३, २० फाल्गुन शुक्रबार ०९:१९

फागुन २०, दार्चुला । मलेसियाबाट मजदुरी गरी घर फर्किरहेका दार्चुला अपी नगरपालिका–१० बाँझका गणेश सिंह महराको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका–१० बाँझका २२ वर्षीय नरेन्द्रसिंह महरा, १८ वर्षीय भवानसिंह महरा र २४ वर्षीय शेरसिंह महरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जनाउनुभएको छ । सोमबार मलेसियाबाट घर फर्केका गणेश दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । 

मृतक गणेशका आमा कुटनी महराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दार्चुला सदरमुकाममा फागुन १६ गते साँझ गणेशसँगै मादकपदार्थ सेवन गरी सँगै घरतिर लागेका बताइएको छ । 

सँगै घर फर्केका उनीहरुमध्ये गणेश फागुन १६ गते राति १२ बजे दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा