२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मलेसियाबाट घर फर्किएका महराको हत्या आरोपमा तीन पक्राउ

२० फाल्गुन २०७३, शुक्रबार ०९:१९

फागुन २०, दार्चुला । मलेसियाबाट मजदुरी गरी घर फर्किरहेका दार्चुला अपी नगरपालिका–१० बाँझका गणेश सिंह महराको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका–१० बाँझका २२ वर्षीय नरेन्द्रसिंह महरा, १८ वर्षीय भवानसिंह महरा र २४ वर्षीय शेरसिंह महरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जनाउनुभएको छ । सोमबार मलेसियाबाट घर फर्केका गणेश दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । 

मृतक गणेशका आमा कुटनी महराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दार्चुला सदरमुकाममा फागुन १६ गते साँझ गणेशसँगै मादकपदार्थ सेवन गरी सँगै घरतिर लागेका बताइएको छ । 

सँगै घर फर्केका उनीहरुमध्ये गणेश फागुन १६ गते राति १२ बजे दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो