२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिरो थुप्रिएको जग्गामा सामुहिक उखु खेती

२०७२, २८ आश्विन बिहीबार ०६:५६

नरी बडु/ असोज २८, बैतडी । पहिरोले पुरिएर बन्जड बनेको जग्गामा स्थानीय महिलाहरुले उखु खेती गरि हरियो बनाएका छन् । बैतडीको गोकुलेश्वर १ बांगाबगरका बासिन्दाले पहिरो आएर बगर बनेको जग्गामा सामुहिक रुपमा उखु खेती गरेका हुन ।

७ वर्षदेखि ढुंगा बालुवा जम्मा भएको ४० रोपनी जग्गामा स्थानीय २५ जना महिलाहरु मिलेर सामुहिक उखु खेती गरेका हुन । ०६४ सालदेखि पुरिएको जग्गामा अन्य बाली उत्पादन हुन नसक्ने अवस्था भएकाले ६ वर्षयता बाँझो बनेको थियो ।

baitadi

बैतडीको गोकुलेश्वर १ बांगागबरमा पहिरोले पुरिएको भागमा स्थानीय महिलाहरुले सामुहिक रुपमा लगाएको उखु । तस्बिर :नरी बडु 

निरन्तरको पहिरोले करीब ५ सय रोपनी बढी जग्गा बाझो बनाई सेकेको छ । यक्त जमिनमध्ये पहिलो पटक यो सिजनमा ४० रोपनीमा उखु लगाएको स्थानीयले बताए ।

‘वर्षेनी आउने पहिरोले घर आगनमा बालुवा आउन थालेको छ ।’ स्थानीय निर्मला साउदले भनिन्, ‘उखुले बालुवा र माटो बग्नेक्रम रोक्ने संगै आम्दानीपनि दिने भएकाले यो विकल्प रोजेका हौं ।’ उनले भनिन् ।
१५ परिवारको क्षति भएको जग्गामा २५ जना मिलेर सामुहिक गरेका हुन । उक्त व्यक्तिहरुले ४ वर्षसम्म सामुहिक रुपमा खेती गर्ने सहमति
गरेका छन् । ‘सबैले मिलेर काम गर्ने र बराबर लाभ बाड्ने सहमति गरेका छौं ।’ स्थानीय जानकी साउदले भनिन्, ‘४ वर्षपछि जग्गाको अवस्था सुधार भए सम्बन्धित जग्गा धनीलाई फिर्ता दिईनेछ ।’

दुई वर्षदेखि रेडक्रस बैतडी र मर्सिकोर नेपालले यो गाँउमा आर्थिक विकास मार्फत विपद् जोखिम ब्यवस्थापन परियोजना संचालन गरेको छ ।
परियोजनाले महिलाहरुको सक्रियता बढाएर विपद्को जोखिम कम हुने र आम्दानी बढाउन बीउ, मल, बिषादी, पाईप लगायतका बस्तुमा दुई लाख बढी खर्च भएको स्थानीय विपद् ब्यवस्थापन समितिका अध्यक्ष महादेव साउदले बताए ।

सामान्य वर्षाले समेत पहिरो खस्ने हुदा माटोले उखु पुरिने समस्या निम्तिएको स्थानीयले बताए ।
लेदो बगिरहेने समस्याबाट उखु बाली जोगाउन पहिरोको निकास बनाएका छन् । अबका दिनमा उखुको बाली बिमा गरेर जोखिम कम गर्ने योजना बनाएको स्थानीयले बताए ।

खाद्याबाली उत्पादन हुन नसक्ने जग्गामा नगदे बाली फष्टाएपछि सधैं राहत र क्षतिपुर्ति माग्न प्रशासन र जिविस धाउन नपर्ने अवस्था नरहेको स्थानीयले बताए । ‘खेत बाझो भयो भन्दै क्षतिपुर्तिका लागि धेरै निकाय धायौं ।’ स्थानीय तेजसिंह साउदले भने, ‘पहिलो वर्षमै दोब्बर बढी आम्दानी हुने आशा छ ।’ उत्पादित उखुबाट यो वर्ष उनीहरुले ४ लाख आम्दानी हुने अनुमान गरेका छन् । स्थानीयले नदी र पहिरो छेउका अन्य ठाउमा पनि माटो अनुसारको खेती गर्न सुझाएका छन् ।

०६४ साल देखि निरन्तर गईरहेको पहिरोले आधा गाउ डुबाईसकेको छ । त्यसले २० घर अति जोखिममा परेका छन् । पहिलो वर्ष ०६४ मा २ घर सहित ३ सय रोपनी खेत पुरै पुरेको थियो । ०६८ मा ठूलो भाग खसेपछि ७ घर पुरिएको र ३५ परिवार विस्थापित भएका थिए । गतवर्ष तीन घर आधा पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा