२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिरो थुप्रिएको जग्गामा सामुहिक उखु खेती

२०७२, २८ आश्विन बिहीबार ०६:५६

नरी बडु/ असोज २८, बैतडी । पहिरोले पुरिएर बन्जड बनेको जग्गामा स्थानीय महिलाहरुले उखु खेती गरि हरियो बनाएका छन् । बैतडीको गोकुलेश्वर १ बांगाबगरका बासिन्दाले पहिरो आएर बगर बनेको जग्गामा सामुहिक रुपमा उखु खेती गरेका हुन ।

७ वर्षदेखि ढुंगा बालुवा जम्मा भएको ४० रोपनी जग्गामा स्थानीय २५ जना महिलाहरु मिलेर सामुहिक उखु खेती गरेका हुन । ०६४ सालदेखि पुरिएको जग्गामा अन्य बाली उत्पादन हुन नसक्ने अवस्था भएकाले ६ वर्षयता बाँझो बनेको थियो ।

baitadi

बैतडीको गोकुलेश्वर १ बांगागबरमा पहिरोले पुरिएको भागमा स्थानीय महिलाहरुले सामुहिक रुपमा लगाएको उखु । तस्बिर :नरी बडु 

निरन्तरको पहिरोले करीब ५ सय रोपनी बढी जग्गा बाझो बनाई सेकेको छ । यक्त जमिनमध्ये पहिलो पटक यो सिजनमा ४० रोपनीमा उखु लगाएको स्थानीयले बताए ।

‘वर्षेनी आउने पहिरोले घर आगनमा बालुवा आउन थालेको छ ।’ स्थानीय निर्मला साउदले भनिन्, ‘उखुले बालुवा र माटो बग्नेक्रम रोक्ने संगै आम्दानीपनि दिने भएकाले यो विकल्प रोजेका हौं ।’ उनले भनिन् ।
१५ परिवारको क्षति भएको जग्गामा २५ जना मिलेर सामुहिक गरेका हुन । उक्त व्यक्तिहरुले ४ वर्षसम्म सामुहिक रुपमा खेती गर्ने सहमति
गरेका छन् । ‘सबैले मिलेर काम गर्ने र बराबर लाभ बाड्ने सहमति गरेका छौं ।’ स्थानीय जानकी साउदले भनिन्, ‘४ वर्षपछि जग्गाको अवस्था सुधार भए सम्बन्धित जग्गा धनीलाई फिर्ता दिईनेछ ।’

दुई वर्षदेखि रेडक्रस बैतडी र मर्सिकोर नेपालले यो गाँउमा आर्थिक विकास मार्फत विपद् जोखिम ब्यवस्थापन परियोजना संचालन गरेको छ ।
परियोजनाले महिलाहरुको सक्रियता बढाएर विपद्को जोखिम कम हुने र आम्दानी बढाउन बीउ, मल, बिषादी, पाईप लगायतका बस्तुमा दुई लाख बढी खर्च भएको स्थानीय विपद् ब्यवस्थापन समितिका अध्यक्ष महादेव साउदले बताए ।

सामान्य वर्षाले समेत पहिरो खस्ने हुदा माटोले उखु पुरिने समस्या निम्तिएको स्थानीयले बताए ।
लेदो बगिरहेने समस्याबाट उखु बाली जोगाउन पहिरोको निकास बनाएका छन् । अबका दिनमा उखुको बाली बिमा गरेर जोखिम कम गर्ने योजना बनाएको स्थानीयले बताए ।

खाद्याबाली उत्पादन हुन नसक्ने जग्गामा नगदे बाली फष्टाएपछि सधैं राहत र क्षतिपुर्ति माग्न प्रशासन र जिविस धाउन नपर्ने अवस्था नरहेको स्थानीयले बताए । ‘खेत बाझो भयो भन्दै क्षतिपुर्तिका लागि धेरै निकाय धायौं ।’ स्थानीय तेजसिंह साउदले भने, ‘पहिलो वर्षमै दोब्बर बढी आम्दानी हुने आशा छ ।’ उत्पादित उखुबाट यो वर्ष उनीहरुले ४ लाख आम्दानी हुने अनुमान गरेका छन् । स्थानीयले नदी र पहिरो छेउका अन्य ठाउमा पनि माटो अनुसारको खेती गर्न सुझाएका छन् ।

०६४ साल देखि निरन्तर गईरहेको पहिरोले आधा गाउ डुबाईसकेको छ । त्यसले २० घर अति जोखिममा परेका छन् । पहिलो वर्ष ०६४ मा २ घर सहित ३ सय रोपनी खेत पुरै पुरेको थियो । ०६८ मा ठूलो भाग खसेपछि ७ घर पुरिएको र ३५ परिवार विस्थापित भएका थिए । गतवर्ष तीन घर आधा पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से