२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लालाई खूल्ला दिसामुक्त घोषणा गर्ने मिति दोश्रो पटक सर्यो

२१ फाल्गुन २०७३, शनिबार ०६:२९

फागुन २१, दार्चुला । जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति दोश्रो पटक पनि सरेको छ । 

आज बसेको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकले आगामी चैत्र मसान्तमा जिल्लालाई खुल्ला दिशामुक्त गर्ने मिति तय गरेको छ । यो भन्दा पहिले जिल्लालाई सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त गर्ने मिति सरेपछि यहि फागुन मसान्तमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो ।

यो समयमा पनि अझै अपि नगरपालिकाका ६ वटा वडामा २४ घरधुरीमा सौचालय बन्न बाँकी रहेको र खलंगा बजारका महाकाली नदि किनारका ९३ घरधुरीले सौचालयको पाइप महाकाली नदिमा फालेकाले जिल्लालाई खुल्ला दिशामुक्त घोषणामा समस्या भएको हो ।

शुक्रबार बसेको बैठकले नगरपालिकामा सौचालय बन्न बाँकी रहेका २४ घरधुरी र सेफ्टी ट्याङ्की नभएका घरपरिवारलाई १० दिनभित्र कार्य थालनी गराउन नगरपालिकालाई अनुरोध गर्ने र अटेर गर्नेको सरकारी सेवा सुविधा रोक्का गर्न सम्बन्धित निकायहरुलाई जानकारी गराउने निर्णय गर्न गरेको छ । 

त्यसैगरी दार्चुलाका अस्थायी बसपार्क बिरेन्द्र बन क्षेत्रमा अस्थायी सौचालय निर्माण गर्न अपि नगरपालिकालाई अनुरोध गर्ने र जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको टड्कारो समस्या भएकोले स्वच्छ खानेपानीको समस्या समाधान गर्नको लागि सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा डिवाससीसीका पदाधिकारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो