२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लालाई खूल्ला दिसामुक्त घोषणा गर्ने मिति दोश्रो पटक सर्यो

२०७३, २१ फाल्गुन शनिबार ०६:२९

फागुन २१, दार्चुला । जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति दोश्रो पटक पनि सरेको छ । 

आज बसेको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकले आगामी चैत्र मसान्तमा जिल्लालाई खुल्ला दिशामुक्त गर्ने मिति तय गरेको छ । यो भन्दा पहिले जिल्लालाई सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त गर्ने मिति सरेपछि यहि फागुन मसान्तमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो ।

यो समयमा पनि अझै अपि नगरपालिकाका ६ वटा वडामा २४ घरधुरीमा सौचालय बन्न बाँकी रहेको र खलंगा बजारका महाकाली नदि किनारका ९३ घरधुरीले सौचालयको पाइप महाकाली नदिमा फालेकाले जिल्लालाई खुल्ला दिशामुक्त घोषणामा समस्या भएको हो ।

शुक्रबार बसेको बैठकले नगरपालिकामा सौचालय बन्न बाँकी रहेका २४ घरधुरी र सेफ्टी ट्याङ्की नभएका घरपरिवारलाई १० दिनभित्र कार्य थालनी गराउन नगरपालिकालाई अनुरोध गर्ने र अटेर गर्नेको सरकारी सेवा सुविधा रोक्का गर्न सम्बन्धित निकायहरुलाई जानकारी गराउने निर्णय गर्न गरेको छ । 

त्यसैगरी दार्चुलाका अस्थायी बसपार्क बिरेन्द्र बन क्षेत्रमा अस्थायी सौचालय निर्माण गर्न अपि नगरपालिकालाई अनुरोध गर्ने र जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको टड्कारो समस्या भएकोले स्वच्छ खानेपानीको समस्या समाधान गर्नको लागि सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा डिवाससीसीका पदाधिकारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा