२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती हत्या गर्ने श्रीमानसहित दुई जनालाई जन्मकैदको फैसला

२०७३, २३ फाल्गुन सोमबार ०८:५०

फागुन २३, रोल्पा । आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । 

घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सोही कारणबाट मनसरीको मृत्यु भएको पुष्टि भएको हुँदा पीडकलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

मृतक मनसरीका छोराले जिल्ला अदालत रोल्पामा दिएको जाहेरीमा बाबु ओसबहादुरले आमा मनसरीलाई धेरै पहिलेदेखि मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै घरेलु हिंसा गर्दै आएको उल्लेख गरिएको छ । श्रीमानको कुटाइका कारण मृतक मनकुमारी पटकपटक माइतीमा बस्दै आएकी थिइन् । 

तीन सन्तानकी आमा मनकुमारीकी छोरीको विवाह भइसकेको, एक छोरा वैदेशिक रोजगारीमा गएको तथा एक छोरा र एक बुहारीसहित श्रीमान् श्रीमती घरमा बस्दै आएकी थिइन् । 

जाहेरी दरखास्तमा उल्लेख भएअनुसार घटना घटेको करिब चार/पाँच दिन पहिलेदेखि मनसरी र उनका श्रीमान् गाईबस्तुसहित घरदेखि केही टाढाको गोठमा बस्दै आएका थिए । 

गोठमै सामान्य विवादपछि श्रीमतीको हत्या गरी घर पुगेका ओसबहादुरले निराश एवम् हतोत्साहित बन्दै छोरालाई आमा मरेको कुरा सुनाएपछि छोरा घटनास्थल पुगेका थिए । घटनास्थलमा पुग्दा भित्रबाहिर सबैतिर रगत जमेको देखिपछि मृतकका छोरा दीपेन्द्र घर्तीमगरले इलाका प्रहरी कार्यालय होलेरीमा घटनाका बारेमा उजुरी दिएपछि होलेरी प्रहरीले विस्तृत रुपमा छानबीन तथा अनुसन्धान गरी पीडकलाई पूर्पक्षका लागि थुनामा राखेको थियो । 

यसैगरी जौलीपोखरी–२ रोल्पाका ३३ वर्षीय बलबहादुर बुढालाई पनि जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । बुढाले सल्लाको खोटो सङ्कलन गर्ने क्रममा पटकपटक विवाद भएपछि सोही गाविसका ६३ वर्षीय खरवीर बस्नेतलाई ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । 

यसरी ढुङ्गा प्रहारबाट बस्नेतको मृत्यु भएको पुष्टि भएपछि जिल्ला अदालत रोल्पाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालत रोल्पाका न्यायाधीश ज्ञवालीले जानकारी दिनुभयो । 

थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनकी बहिनी (सानीआमाकी छोरी) जालकुमारी नेपालीको संलग्नता रहेको पुष्टि भएपछि जालकुमारी नेपालीलाई १० वर्ष कैद हुने गरी फागुन ३ गते फैसला भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा