२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बृहत सार्वजनिक सुनुवाई सम्पन्न

१६ माघ २०७२, शनिबार १४:४५

बृहत सार्वजनिक सुनुवाई सम्पन्न
माघ १६ बैतडी ।
सरकारी निकायका कामकारवाहीहरुलाई जनतासामु पारदर्शी बनाउने उद्देश्यले संञ्चालन गरीएको बृहत सार्वजनिक सुनुवायि कार्यक्रम आज सम्पन्न भएको छ ।
स्थानियले सरकारी निकायका कामकार्वाहि निष्पक्ष र पारदर्शी बन्न नसकेको गुनासो गर्न थालेपछि बैतडीमा आज बृहत सार्वजनिक सुनुवायि कार्यक्रम भएको थियो ।
जिल्ला विकास समितीको कार्यालयमा भएको सार्वजनिक सुनुवायि कार्यक्रममा जिल्ला स्थीत सम्पुर्ण कायाृलयका प्रमुख र सूचना अधिकारीहरुले सहभागि तथा श्रोताहरुको जवाफ दिएका थिए ।
जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुको काम निष्पक्ष, पारदर्शी, सहभागितामुलक र जनउत्तरदायि बनाउने उद्देश्यका साथ उक्त सार्वजनिक सुनुवायि कार्यक्रम गरीएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बैतडीले संञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला भरीबाट श्राता गुनासा र सहभागिका गुनासाहरुको पालैपालो जावाफ दिईएको थियो ।
कार्यक्रममा सहभागि श्रोता तथा स्थानिय समुदायका व्यक्तिहरुले जिल्ला शिक्षा कार्यालयप्रति बढी गुनासाहरु प्रस्तुत गरेका थिए । सार्वजनिक सेवालाई मितवेयि तरीकाले जनतासमु पुर्याउने संयन्त्रनै कर्मचारी तन्त्र भएकाले बैतडी जिल्लाका कर्मचारी सेवकको रुपमा प्रस्तुत हुन तयार रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।
आज जिल्लामा भएको सार्वजनिक सुनुवायि कार्यक्रमको जिल्लामा रहेका तिनवटै रेडियोले श्रोता सम्म जोड्न सहयोग गरेपछि टाढाका स्थानियले पनि खुसि व्यक्त गरेका छन् । यस्ता कार्यक्रम आउदा दिनमा पनि हुन सके जनसमुदाय र सरकारी निकाय विचको सम्बन्ध अझै प्रघाट हुने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।
साथै जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा बैतडीको दुर्गम क्षेत्रमा पर्ने कुलाउ र शर्माली गाविसमा यसै महिनाको २३ गते देखि २६ गते सम्म एकिकृत घुम्ती शिविर संञ्चालन गर्ने निर्णय समेत गरीएको जिल्ला प्रशासन कार्यालय बैतडीको वेबसाईडमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल