१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि मनाईयो शहिह दिवस

१६ माघ २०७२, शनिबार १४:५५

लक्ष्मी बिजले, माघ १६ बैतडी ।
आज शहीद दिवस । बैतडी सहित देशभर विभिन्न कार्यक्रम गरी देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ शहिद दिवस मनाईएको छ ।

दिवसको अवसरमा अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दनपा ५ बस्कोटमा रहेको शहीद सदनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको गरिएको थियो ।

दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका अध्यक्ष शेर सिंह रावलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, सेना प्रहरी, अन्य राष्ट्रसेवक कर्मचारी र संचारकर्मी लागायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागी सबैले शहीद सदन बस्कोटमा रहेको शालिकमा सबैले फूल माला सहित माल्यापर्ण गरेका थिए ।

शहीदको सम्मान नेपाल प्रहरीको टोलीले शहीद सलामी अर्पण गरेको थियो । यस्तै सभामा ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेटको मौनधारण गरी श्रद्धासुमन अर्पण गरिएको थियो ।

अमर शहीद दशरथचन्दप्रति श्रद्धासुमन व्यक्त गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी अधिकारीले पाठकले सहदहरुको सपना साकार पार्न उनिहरुले देखाएको वाटोमा हिड्न सबैलाई आग्रह गर्नुभयो ।

सहिद दिवसकै अवसरमा बैतडीको बासुलिङ्गका एक जेष्ट नागरीक रणबहादुर चन्दले सदरमुकाम पुगेर सहिदलाई सम्झदै कविता बाचन गरेका थिए ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव