१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको शिवलिङ्गमा प्रेमिको हत्या गरी प्रेमिकाले आत्माहत्या गरेको खुलासा

१६ माघ २०७२, शनिबार १४:५९

माघ १६ बैतडी ।
बैतडीको शिवलिङ्ग गाविसमा प्रेमीको हत्या गरी पे्रमीकाले आत्महत्या गरेकी छन ।
शिवलिङ गाविसको वडा नं. ३ न्वाघरमा बिहीवार मृत भेट्टिएका लक्ष्मी वोहराले आफ्नो पे्रमि गणेश ऐरीको हत्या गरी आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालयवाट घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक कृष्ण साउदका अनुसार मृत दुवैको लामो समयदेखि पे्रम सम्वन्ध रहेको बताउनुभयो ।
पे्रमिकालाई बुधवार राती भेट्न बोलाई हत्या गरेको र पे्रमिकाले त्यसपछी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान देखाएको छ प्रहरी निरीक्षक साउदले भन्नुभयो “पे्रमीलाई पहिला हत्या गरेर खेतको आलीमा फालेको र प्रेमीका आफुले चिउरीको रुखमा झुण्डिएर आत्महत्या गरेको छ ” ।
शवको प्रकृती हेर्दा मृतक युवकको टाउकोमा गम्भिर चोट हुनुका साथै शरिरभरी निलडाम रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बुधवार राती युवकको हत्या गरी बिहीवार बिहान युवतीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
स्थानीय विर सिंह ऐरीले बिहीवार शिवलिङग गाविसको वडा नम्वर ६ र वडा नम्वर ३ को सिमानामा उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपश्चात जिल्ला प्रहरी कार्यालय बैतडीवाट प्रहरी निरीक्षक कृष्ण साउद नेतृत्वको टोली घटनास्थल गएको थियो ।
सदरमुकाम घटना स्थल दुई दिनको पैदल दूरीमा पर्ने भएकाले प्रहरी शुक्रवार मात्रै घटनास्थल पुगेपछी यस्तो रहस्य बाहिर आएको हो ।
मृतक २० बर्षिया युवती लक्ष्मी वोहरा शिवलिङ गाविस नं. ३ की र २२ वर्षका युवक गणेश ऐरी शिवलिङ ६ का हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव