पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २५, धनगढी ।</b> कैलालीको भजनी त्रिशक्ति नगरपालिका–७ टेकीपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । <br></p><p>दुर्घटनामा परी बाजुरा घर भई इप्रका भजनीमा कार्यरत २७ वर्षीय अशोककुमार शाही र टीकापुरका २७ वर्षीय हिरासिं ठकुरीको मृत्यु भएको इप्रका भजनीका प्रहरी निरीक्षक हिरासिं महराले बताउनुभयो । मृतकहरु काका–भतिजा भएको बताइएको छ । </p><p>शाहीले चलाएको से ४ प ७१६५ नं को मोटरसाइकल सडक छेउको खम्बासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस </p>

