टेक शाही | फागुन २७, डोल्पा | दुनै गाविस भित्र दुनै बजारको भेरिमा ढल मिसाउने घरधुरिलाइ गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले कारवाहि गर्ने भएको छ । गाविस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | फागुन २७, डोल्पा | दुनै गाविस भित्र दुनै बजारको भेरिमा ढल मिसाउने घरधुरिलाइ गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले कारवाहि गर्ने भएको छ । गाविस "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दुनै गाविसले भेरिमा ढल मिसाउने घरधुरिलाई कारवाही गर्ने

२७ फाल्गुन २०७३, शुक्रबार ०३:०६

टेक शाही | फागुन २७, डोल्पा | दुनै गाविस भित्र दुनै बजारको भेरिमा ढल मिसाउने घरधुरिलाइ गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले कारवाहि गर्ने भएको छ । गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष एबम दुनै गाविसका सचिब हरिस तिरुवाको अध्यक्षतामा बसेको बैठकले एक साता सम्म सामुदायिक रेडियो डोल्पा एफ.एम.मा सुचाना जारि गर्ने र त्यस पछि पनि ढल बन्द नँगरिए कानुनि रुपमा कारवाहि गर्ने निर्णय गरेको दुनै गाविसका सचिव हरिस तिरुवाले बताउनु भयो । 

गाविस स्तरिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको छलफलले चैत्र ४ गते अुनुगमन गर्ने र त्यति बेला सम्म पनि भेरिमा ढल मिसाउने घरधुरिले ढल बन्द नँगरे अनुगमन टोलीले निकालेको ढल मिसाउनेको घरधुरिको नामावलि कानुनी कारवाहिको लागि जिल्ला प्रशासनमा नामावलि पेश गर्ने र कारवाहि गर्ने प्रकृयामा जाने दुनै गाविसले निर्णय गरेको जानकारि दिएको छ । 

डोल्पा जिल्लाका २३ वटा गाविस खुल्ला दिशा मूक्त गाविस घोषणा सम्पन्न भइ सेकेका छन । सबै गाविसहरु घोषणा भए पछि डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्ला घोषणा गर्ने तयारी भएकोले क्षेत्रिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले अनुगमन गरि रहेको छ । बिभिन्न ५ वटा टोलीमा बिभाजन गरि जिल्लाका तल्ला्े देखि माथिल्ला्े डोल्पाका गाविसमा अनुगमन गरि रहेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ ।

अनुगमनकै क्रममा सदरमुकाम नै रहेको दुनै गाविसमा दयनिय देखिएको छ । सदरमुकाममा भएका घरबाट भेरिमा सिधै ढल मिसाएका छन । भेरिमा ढल मिसाउनेहरुमा ठुला ठेकेदार देखि राजनितिज्ञ र कर्मचारि सम्म रहेकोले एक साताको समय दिने र ढल मिसावट नियन्त्रण नँभएमा कानुनि कारवाहिको लागि कुनै पनि हत सम्म जान सकिने क्षेत्रिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य एबम दुनै गाविसको अनुगमन सँयोजक लक्ष्मी खरेलले बताउनु भएको छ । 

सदरमुकामको गाविसले सरसफाइको नमुना बनेर अन्य गाविसलाइ सचेतना दिनुको साटो आफै दयनिय अबस्थामा रहेको छ । हाल पनि मान इज्जत र प्रतिष्ठा भएका ढल मिसाउने महान ब्यक्तिहरु सुकिला भएर बिभिन्न समारोह,सभा,सम्मेलन जान्छन र नेपाल सरकारका कर्मचारि भनाउदाहरु कार्यालयमा बसेर सरसफाइका गफ दिन्छन । थुक्क मितिहरुका मान,प्रतिष्ठा अनि इज्त ठुला हु भन्न पनि लाज मान्नु पर्छ,?ठेकेदार,ब्यापारि,राजनितिक कर्मी हु भन्नेहरु पनि किन लाज मान्दैनन के सानालाइ मात्रै कानुन लाग्ने हो र ? अन्य स्थानियहरुले आक्रोस पोेखेका छन । यति धेरै इजत सहितको गालि र दुरब्याबहार पूर्ण सम्मान पाउदा पनि ढल बन्द नँगरे सम्मान पूर्वक सार्वजानिक मुद्धा खेप्नु पर्ला ढल मिसाउने माहन ब्यक्तिहरुलाइ चेतना भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला