डडेल्धुरा पहिलो पटक उपभोक्ता अधिकार दिवस मनाईने

Posted on: 10 Mar, 2017

फागुन २७, डडेल्धुरा  । डडेल्धुरामा पहिलो पटक उपभोक्ता अधिकार दिवस मनाईने भएको छ । आगामि चैत २ गते बिबिध कार्यक्रमका साथ दिवस मनाइने भएको हो ।

 बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छलफलपछि नेपाल सरकारको हरेक जिल्लामा दिवस मनाउन भएको सर्कुलर अनुसार ‘उपभोक्ता हित संरक्षणमा लगाऔँ ध्यान, सुरक्षित राखौँ, सम्पति, जिउज्यान’ भन्ने नाराका साथ दिवस मनाइने भएको हो ।

 नेपालमै पहिलो पटक मनाइन लागेको दिवसको अवसरमा डडेल्धुरामा चैत २ गते बिहान ८ बजे बागबजार बसपार्कबाट ¥याली निकालेर जिल्ला विकास समितिको कार्यालय सम्म पु¥याई जिल्ला विकास समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।

 अन्तरक्रिया कार्यक्रममा कार्यपत्र समेत प्रस्तुत गरिने बिहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!