सागर शर्मा/फागुन २८, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा  प्युठानको आयोजनामा १ दिने स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम आज प्युन.पा &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन २८, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा  प्युठानको आयोजनामा १ दिने स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम आज प्युन.पा &nb"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम प्युठानमा सम्पन्न

२८ फाल्गुन २०७३, शनिबार १३:४८


सागर शर्मा/फागुन २८, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा  प्युठानको आयोजनामा १ दिने स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम आज प्युन.पा  १८ खैराको भुमि विकास आधारभुत विद्यालय  सरङकोटमा सम्पन्न भएको छ । 

स्वास्थ्य सिविरमा  एक सय ९६ जना महिला र ६६ जना पुरुष गरि दुईसय ६२ जनाले स्वास्थ्य परिक्षण सेवा लिएका छन । सिविरवाट विषेश गरि महिला, बालबालिका र वृद्ध वृद्धाहरुले सेवालिएका हुन । 

प्युठान न.पा १८ का वडा सचिव गोपाल थापाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाईटी का सभापति गुमानराज पुलामी, समाजसेवी डा. लेखराज सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका डा. समिर लामा, जनस्वास्थ्य अधिकृत सिद्धिमणी सुवेदी, नर्सीङ अफिसर राधा केसी र स्वास्थ्य केन्द्र खैराका सिअहेव प्रकाश श्रेष्ठ लगाएतको टोलीले सिविरको सहजीकरण गरेका थिए । 

सिविरमा विषेश गरि ग्याष्टिक, दम, रुघाखोकी, महिलाको पाठेघर सम्वन्धि र मानसीक तथा शारिरिक अंपागता सम्वन्धीका समस्याका विरामीहरुले निशुल्क उपचार सेवा लिएका डा. लेखराज सुवेदीले वताउनु भयो । 

नेपाल रेडक्रस सोसाईटीले सामाजिक सेवा अन्र्तगत जिल्लाका विपन्न तथा दुर्गम क्षेत्रका मानिसहरुलाई स्वास्थ्य सेवामा सुलभ पहुँच पुयाउने उद्धेश्यले नगरपालिका क्षेत्र भित्र रहेपनि विपन्न तथा दलित  एवं गन्र्धव वस्ति रहेको क्षेत्रलाई छनोट गरि कार्यक्रम आयोजना गरिएको सभापति गुमानराज पुलामीले वताउनुभयो । रेडक्रस सोसाईटीले यसभन्दा अघि सोही स्तरको सेवा जिल्लाको  दुर्गम गाविस कोचिवाङ र फोप्लीमा पनि सिविर सञ्चालन गरिएको शाखाका उपमन्त्रि यादव खनालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला