ग्रामिण विकास संस्था नेपालको २३औं स्थापना दिवस

Posted on: 12 Mar, 2017


सागर शर्मा/फागुन २९, प्युठान । फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवसको अवसरमा शनिबार पत्रकार सम्मेलन गरेको छ । 

संस्थाका अध्यक्ष लोक व. वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष छन्द बस्नेत र कार्यक्रमको सञ्चालन महासचिव गुरेन्द्र वस्नेत ले गर्नुभएको थियो ।  २०५० सालमा स्थापना भएको संस्थाले हाल जिल्लाका सवै क्षेत्रमा आफ्ना कार्यक्रमहरु सञ्चालन गरेको छ । साथै रोल्पा जिल्लामा पनि पाईला टेकेको सस्थाका कार्यकारी निर्देशक बिशाल खड्काले जानकारी दिनुभयो । 

संस्थाले आफ्नो स्थापना दिवस मनाउनको लागी साताव्यापी रुपमा विभिन्न कार्य गरि मनाउने भएको छ । जस्मा फागुन २८ गते पत्रकार सम्मेलन, फागुन ३० गते जेष्ठ नागरिक सम्मान, चैत्र १ गते स्वास्थ्य सिविर, चैत्र २ गते जिल्ला अस्पताल प्युठानमा रक्तदान तथा बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम, चैत्र ३ गते संस्थाको कार्य समिति र कर्मचारीहरु बिच मैत्रिपूर्ण खेल, चैत्र ४ गते संस्था वरपर सरसफाई, र चैत्र ५ गते औपचारिक कार्यक्रम रहेका छन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाविर रानाले फुलवारी एकिकृत ग्रामिण विकास संस्था र नेपाल पत्रकार महासंघ जिल्ला साखा  नागरिक संस्था भएकाले यस संस्था संग सहयात्रा गरि अघि वढने वताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!