दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना सम"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालहिंसा न्यूनिकरण गर्न प्रहरीद्धारा बार्षिक कार्ययोजना निर्माण

२९ फाल्गुन २०७३, आईतवार ०६:५८


दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना समेत निर्माण गरेको छ । 

जिल्लामा हुने बालविवाह, बालश्रम, बाल विज्याई, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भनि गरेको प्रतिवद्धता संगै जिल्ला प्रहरी कार्यालयले बार्षिक कार्ययोजना निर्माण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले आफु मतहतका इलाका र प्रहरी चौकीका प्रहरीहरुलाई जिल्लामा बोलाई बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त कार्ययोजना निर्माण गरेको छ । बाल अधिकारमा सवालमा काम गर्दै आएको सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपालको सहजीकरणमा प्रहरीको क्षमता विकासका लागि, बाल अधिकारको सम्मान, संरक्षण र सम्र्वधन सम्बन्धि २ दिने ताजकीयमा बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त योजना निर्माण गरेको हो ।


जिल्ला प्रहरी कर्यालयका प्रमुख योगेन्द्र कुमार खड्काको अध्यक्षतामा यहि फागुन २७ गते देखि २ दिन सम्मका लागि संचालित ताजकीयमा जिल्लाभर ३० जना प्रहरीको सहभागीता सहभागिता रहेको छ । 

२ दिन सम्म संचालित ताजकियमा बालहिंसा न्यूनिकरण सम्बन्धी कार्ययोजना निर्माणमा चिल्डे«नका कार्यक्रम अधिकृत बाले विश्वकर्मा, किर्डाक नेपालका बाल अधिकृत धनिराम न्यौपाने, सरकारी वकिल उत्तम थापा लगायतले सहजिकरण गर्नु भएको छ ।


प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक बिजय बिश्वकर्माको विशेष आथित्यतामा संचालित ताजकियको समापनमा जिल्ला प्रहरी कार्यालयले आफु बालहिंसा न्यूनिकरणमा कटिवद्ध रहेको र यसको कार्यान्वयनका लागि कार्ययोजना समेत निर्माण गरेको बताएको छ । 

बालअधिकारका सवालमा काम गर्दै आएको दातृ निकाय तथा संघसंस्थाहरुको सहयोगमा कार्ययोजना समेत निर्माणमा टेवा पुगेकाले यसै कार्ययोजना अनुसार बालबालिकाका सवालमा जिल्लामा हुने घटना सबै नियन्त्रण गर्ने प्रतिवद्धता समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला