दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना सम"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालहिंसा न्यूनिकरण गर्न प्रहरीद्धारा बार्षिक कार्ययोजना निर्माण

२०७३, २९ फाल्गुन आईतवार ०६:५८


दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना समेत निर्माण गरेको छ । 

जिल्लामा हुने बालविवाह, बालश्रम, बाल विज्याई, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भनि गरेको प्रतिवद्धता संगै जिल्ला प्रहरी कार्यालयले बार्षिक कार्ययोजना निर्माण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले आफु मतहतका इलाका र प्रहरी चौकीका प्रहरीहरुलाई जिल्लामा बोलाई बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त कार्ययोजना निर्माण गरेको छ । बाल अधिकारमा सवालमा काम गर्दै आएको सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपालको सहजीकरणमा प्रहरीको क्षमता विकासका लागि, बाल अधिकारको सम्मान, संरक्षण र सम्र्वधन सम्बन्धि २ दिने ताजकीयमा बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त योजना निर्माण गरेको हो ।


जिल्ला प्रहरी कर्यालयका प्रमुख योगेन्द्र कुमार खड्काको अध्यक्षतामा यहि फागुन २७ गते देखि २ दिन सम्मका लागि संचालित ताजकीयमा जिल्लाभर ३० जना प्रहरीको सहभागीता सहभागिता रहेको छ । 

२ दिन सम्म संचालित ताजकियमा बालहिंसा न्यूनिकरण सम्बन्धी कार्ययोजना निर्माणमा चिल्डे«नका कार्यक्रम अधिकृत बाले विश्वकर्मा, किर्डाक नेपालका बाल अधिकृत धनिराम न्यौपाने, सरकारी वकिल उत्तम थापा लगायतले सहजिकरण गर्नु भएको छ ।


प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक बिजय बिश्वकर्माको विशेष आथित्यतामा संचालित ताजकियको समापनमा जिल्ला प्रहरी कार्यालयले आफु बालहिंसा न्यूनिकरणमा कटिवद्ध रहेको र यसको कार्यान्वयनका लागि कार्ययोजना समेत निर्माण गरेको बताएको छ । 

बालअधिकारका सवालमा काम गर्दै आएको दातृ निकाय तथा संघसंस्थाहरुको सहयोगमा कार्ययोजना समेत निर्माणमा टेवा पुगेकाले यसै कार्ययोजना अनुसार बालबालिकाका सवालमा जिल्लामा हुने घटना सबै नियन्त्रण गर्ने प्रतिवद्धता समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप