फागुन २९, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शव यात्रा सुरु भएको छ । 

स्थानीय द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २९, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शव यात्रा सुरु भएको छ । 

स्थानीय द"/>

2026-09-19 07:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एसएसबीको गोली लागेर मृत्यु भएका गोबिन्दको शव यात्रा सुरु

फागुन २९, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शव यात्रा सुरु भएको छ । 

स्थानीय दोदा नदीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुअघि अहिले गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शव यात्रा निकालिएको छ ।

सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको शवयात्रा धनगढीको एलएन चोक, चौराहा, त्रिनगर भन्सार नाका हुँदै कञ्चनपुरको पुर्नवास नगरपालिकामा पुग्ने छ ।

पुनर्वास नगरपालिकाको आइबीआरडीमा अन्तिम श्रद्धाञ्जली दिएपछि ६५ विगास्थित दोदा नदी किनारमा पुर्‍याइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । त्यहाँ नेपाल प्रहरीले ११ तोपको सलामी दिनेछ ।

उनको शव राखिएको गाडिलाई फूलमालाले सजाइएको छ र राष्ट्रिय झण्डा राखिएको छ । गाडीको अघिल्तिर गौतमको फोटो राखिएको छ ।

शव यात्रामा सयौं नागरिकको सहभागिता छ । शवयात्रामा सहभागीहरुले बीर शहिद अमर रहुन्, शहिद गोविन्द गौतम जिन्दावाद लगायतका नारा लगाइरहेका छन् ।

गौतमको शवलाई ११ जना प्रहरीको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । 

दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसवीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गर्नुका साथै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई