दलसिंह गिरी/फागुन २९, कालिकोट । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा कालिकोटको आयोजनामा संचालित अभिभावक शिक्षा कार्यक्रमको निर्धारित सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २९, कालिकोट । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा कालिकोटको आयोजनामा संचालित अभिभावक शिक्षा कार्यक्रमको निर्धारित सम"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अभिभावक शिक्षा कार्यक्रमको समापन संगै नयाँ कार्यक्रमको उद्घाटन

२९ फाल्गुन २०७३, आईतवार १२:०७


दलसिंह गिरी/फागुन २९, कालिकोट । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा कालिकोटको आयोजनामा संचालित अभिभावक शिक्षा कार्यक्रमको निर्धारित समयावधी सकिए संगै प्रारम्भिक बालबिकासमा साक्षरता तथा पूर्ण गणित अवधारणा सम्बन्धि सिप कार्यक्रमको उद्घाट गरिएको छ । 

५ बर्ष मुनिका बालबालिकाहरुमा बानीको बिकासका लागि पैरवी गर्ने उद्देश्यले जिल्लाका १६ वटा गाविसमा संचालित कार्यक्रम आफ्नो लक्ष्य प्राप्ति गर्न तयार योजना अनुसार अभिभावक शिक्षा कार्यक्रम सकिए संगै तत् कार्यक्रमको उद्घाटन गरिएको हो ।

जिल्ला शिक्षा कार्यालयको सहकार्यमा संचालित कार्यक्रम सन २०१८ सम्म संचालन हुने र विशेषगरी बालबालिकाहरुको क्षमता विकास, पूर्व बालविकास केन्द्रमा कार्यरत शिक्षिकाहरुको सिप विकास, बालबालिकाहरुलाई विद्यालय तयारीका लागि प्रारम्भिक साक्षरता तथा गणितीय अवधारणा सम्बन्धि क्षमता अभिबृद्धि जस्ता विभिन्न कृयाकलापहरु गरिने सेतो गुरासका जिल्ला कार्यक्रम संयोजक हुकुम शाहीले बताउनु भएको छ ।

सेतो गुरास बालबिकास सेवा कालिकोटका अध्यक्ष मिठ्ठु शाहीको अध्यक्षता, जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीको प्रमुख आथित्यता, जिल्ला स्थीति विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाजको उपस्थितिमा संचालित अभिमुखीकरण कार्यक्रमका सहभागिहरुले बालबालिकाहरुको क्षमता विकासका लागि सेतो गुरासले संचालन गरेका कार्यक्रम प्रभावकारी देखिएको बताउदै यस्ता कार्यक्रम अन्य निकायद्धारा पनि संचालन गरेका देखिएकाले डुब्लीकेशनबाट सजक रहन सुझाब दिएका छन् ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तथा जिल्ला तहका सम्पूर्ण सरोकारवाला निकाय संग समन्वय गर्न अनिवार्य आवश्यकता रहेको सहभागीहरुले सुझाब दिएका छन् । बालबिकासको सवालमा संस्थाले गरेका गतिविधिहरुबारे प्रकाश पार्दै कार्यक्रम संयोजक शाहीले हाल जिल्लाका १६ वटा गाविसका १ सय २० वटा बालबिकास केन्द्रमा काम गरिरहेको, गरिब २ हजार ७ सय ४७ अभिभावकहरुलाई बालबालिकाको क्षमता विकासबारे शैद्धान्तिक तथा ब्यवहारीक ज्ञान प्रदान गराएको कार्यक्रम संचालित धेरै जसो बालबिकास केन्द्रको स्तर उन्नतीमा टेवा पुगेको लगायतका विबिध प्रगतिहरु प्रस्तुत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला