२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नयाँ संरचनामा डडेल्धुरामा तपाईको गाउँपालिका कुन, वडा कुन ?

२०७३, ३० फाल्गुन सोमबार ०८:२५

ललीत बोहरा/फागुन ३०, डडेल्धुरा । स्थानीय तहको संरचना राजपत्रमा प्रकाशित भएसँगै देशभरका गाविस तथा नगरपालिका गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएका छन् ।

डडेल्धुरामा दुई नगरपालिका र १८ गाविसको सट्टा दुई नगरपालिका र पाँच वटा गाउँपालिका कायम भएका छन । शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै पुरानो गाविस र नगरपालिकाको संरचना खारेज भएर गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएपछि डडेल्धुरामा पनि गाविसहरु बिगठन भएर पाँच वटा गाउँपालिका भएका छन् भने दुई नगरपालिका साविककै अवस्थामा नगरपालिका नै कामय भएका छन ।

नयाँ संरचना अनुसार अमरगढी र परशुराम नगरपालिका भएका हुन भने आलिताल, भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिका कायम भएका हुन ।

नयाँ संरचना अनुसार अमरगढी नगरपालिकाका नागरिक अमरगढी नगरपालिकाबासी नै भएका छन् भने परशुराम नगरपालिकाका नागरिक पनि परशुराम नगरबासी नै भएका छन् । नगरपालिकाका हरेक वडाका नागरिककहरु समेत साविककै वडाहरुका नागरिक भएका छन । अमरगढी नगरपालिकामा वडाको संख्या ११ रहेको छ भने परशुराममा १२ रहेका छन् । दुबै नगरपालिकाको केन्द्र साविककै नगरपालिका कार्यालय रहने राजपत्रमा उल्लेख गरिएको छ ।

तर यस अघि गाविसबासी रहेका नागरिकहरुले भने आफ्नो गाउँपालिका र वडा थाहा पाउनु पर्ने भएको छ ।

स्थानीय तहको संरचना अनुसार साविकको गांखेत र आलिताल गाविस मिलेर बनेको आलिताल गाउँपालिकामा ८ वटा वडा रहने भएका छन् । साविकको गांखेत गाविसको वडा नं। ८ र ९ का नागरिक अब आलिताल गाउँपालिकाको वडा नं। १ का नागरिक भएका छन् । त्यस्तै गांखेतको १ देखी ५ नम्बर वडा सम्मका नागरिक वडा नं। २ मा परेका छन् भने ६ र ७ का तथा साविकको आलिताल गाविसको वडा नं। ४ का नागरिक गाउँपालिकाको वडा नम्बर ३ का नागरिक भएका छन ।

यस्तै साविकको आलिताल १ र ७ का बासिन्दा वडा नं। ४ का नागरिक भएका छन् भने २ र ३ का नागरिक वडा नं। ५ मा, ८ र ९ का वडा नं। ६ मा, ६ का नागरिक वडा नं। ७ मा र साविकको वडा नं। ५ का बासिन्दा वडा नं। ८ मा परेका छन् । आलिताल गाउँपालिकाको केन्द्र भने साविकको आलिताल गाविस कायम भएको छ ।

यसैगरी साकिकको रुपाल, भागेश्वर र बगरकोट गाविस मिलेर बनेको भागेश्वर गाउँपालिकामा ५ वटा वडा मात्रै हुने भएका छन ।

साविकको रुपाल गाविसका ६ देखी ९ सम्मका वडाहरु मिलाएर गाउँपालिकाको वडा नं। १ बनाईएको छ । त्यस्तै रुपालकै २ देखी ५ सम्मका वडाहरुका नागरिक वडा नं। २ का बासिन्दा भएका छन् । साविकको भागेश्वर गाविसका सबै वडाका बासिन्दा गाउँपालिकाको वडा नं। ३ का नागरिक हुन पुगेका छन ।

यस्तै साविकको बगरकोट गाविसको वडा नं. १, २, ३, ४, ७, ८ र ९ का नागरिक गाउँपालिकाको वडा नं। ४ का बासिन्दा भएका छन् । त्यसैगरी साविकको बगरकोट गाविसको वडा नं। ५ र ६ तथा साविकको रुपाल गाविसको वडा नं। १ का नागरिक गाउँपालिकाको वडा नं। ५ का बासिन्दा भएका छन् । भागेश्वर गाउँपालिकाको केन्द्र भने साविकको बगरकोट गाविस कार्यालयलाई तोकिएको छ ।

यस्तै साविकका कोटेली, बेलापुर, नवदुर्गा र मणिलेकलाई मिलाएर नवदुर्गा गाउँपालिकाका बनाईएको छ । सो गाउँपालिकामा पनि पाँच वटा वडाहरु निर्धारण गरिएको छ ।

साविकको कोटेली गाविसका सबै वडाहरु मिलाएर गाउँपालिकाको वडा नं। १ बनाईको छ भने साविकको मणिलेकका पनि नौँ वटै वडाहरुका नागरिक वडा नं। २ का बासिन्दा बन्न पुगेका छन्। त्यस्तै साविकको नवदुर्गा गाविसका सबै वडाहरुका नागरिक गाउँपालिकाको वडा नं। ३ मा परेका छन ।

यस्तै साविकको बेलापुर गाविसका १ देखी ७ सम्मका वडाका बासिन्दा गाउँपालिकाको वडा नं। ४ का नागरिक भएका छन् भने बेलापुरकै ७, ८ र ९ का बासिन्दा गाउँपालिकाको वडा नं। ५ का नागरिक भएका छन् । नवदुर्गा गाउँपालिकाको केन्द्र भने मणिलेक गाविस कार्यालयलाई तोकिएको छ ।

यसैगरी नयाँ संरचनामा साविकको समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवलदिव्यपुर गाविसहरु अजयमेरु गाउँपालिका भित्र परेका छन् । सो गाउँपालिकामा ६ वटा वडाहरु निर्धारण गरिएको छ ।

साविकको समैजीका सबै वडाहरु गाउँपालिकाको वडा नं। १ मा, अजयमेरुका सबै वडाहरु गाउँपालिकको वडा नं। २ मा, भद्रपुरका सबै वडाहरु गाउँपालिकाको वडा नं। ३ मा र चिपुरका सबै वडाहरु गाउँपालिकाको वडा नं। ४ मा परेका छन् । साविकको देवलदिव्यपुरको वडा नं। ४ देखी ९ सम्मका नागरिकहरु गाउँपालिकाको वडा नं। ५ मा परेका छन् भने १ देखी ३ सम्मका बासिन्दा वडा नं। ६ मा परेका छन् । अजयमेरु गाउँपालिकाको केन्द्र भने पहिलेको भद्रपुर गाविस कार्यालयलाई तोकिएको छ ।

यसैगरी साविकको असिग्राम, गणेशपुर, मष्टामाण्डौँ र कैलपालमाण्डौ गाविस मिलाएर गन्यापधुरा गाउँपालिका बनाईएको छ ।

साविकको असिग्राम गाविसका सबै वडाहरुका नागरिक गाउँपालिकाको वडा नं। १ का बासिन्दा, गणेशपुरका सबै वडाका नागरिक वडा नं। २ का बासिन्दा र मष्टामाण्डौँ गाविसका सबै वडाका नागरिक वडा नं। ३ का बासिन्दा भएका छन् ।

यस्तै साविकको कैलपालमाण्डौँका वडा नं। ५ देखी ९ सम्मका नागरिक गाउँपालिकाको वडा नं। ४ मा परेका छन भने १ देखी ४ सम्मको वडाका नागरिक गाउँपालिकाको वडा नं। ५ मा परेका छन् । गन्यापधुरा गाउँपालिकाको केन्द्र भने साविकको गणेशपुर गाविस कार्यालयलाई तोकिएको छ ।

नयाँ संरचना अनुसार अब जिल्लामा सात स्थानीय तह निर्धारण भएको साविकको जिल्ला विकास समिति तथा नयाँ संरचनाको जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप