२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नयाँ संरचनामा डडेल्धुरामा तपाईको गाउँपालिका कुन, वडा कुन ?

३० फाल्गुन २०७३, सोमबार ०८:२५

ललीत बोहरा/फागुन ३०, डडेल्धुरा । स्थानीय तहको संरचना राजपत्रमा प्रकाशित भएसँगै देशभरका गाविस तथा नगरपालिका गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएका छन् ।

डडेल्धुरामा दुई नगरपालिका र १८ गाविसको सट्टा दुई नगरपालिका र पाँच वटा गाउँपालिका कायम भएका छन । शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै पुरानो गाविस र नगरपालिकाको संरचना खारेज भएर गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएपछि डडेल्धुरामा पनि गाविसहरु बिगठन भएर पाँच वटा गाउँपालिका भएका छन् भने दुई नगरपालिका साविककै अवस्थामा नगरपालिका नै कामय भएका छन ।

नयाँ संरचना अनुसार अमरगढी र परशुराम नगरपालिका भएका हुन भने आलिताल, भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिका कायम भएका हुन ।

नयाँ संरचना अनुसार अमरगढी नगरपालिकाका नागरिक अमरगढी नगरपालिकाबासी नै भएका छन् भने परशुराम नगरपालिकाका नागरिक पनि परशुराम नगरबासी नै भएका छन् । नगरपालिकाका हरेक वडाका नागरिककहरु समेत साविककै वडाहरुका नागरिक भएका छन । अमरगढी नगरपालिकामा वडाको संख्या ११ रहेको छ भने परशुराममा १२ रहेका छन् । दुबै नगरपालिकाको केन्द्र साविककै नगरपालिका कार्यालय रहने राजपत्रमा उल्लेख गरिएको छ ।

तर यस अघि गाविसबासी रहेका नागरिकहरुले भने आफ्नो गाउँपालिका र वडा थाहा पाउनु पर्ने भएको छ ।

स्थानीय तहको संरचना अनुसार साविकको गांखेत र आलिताल गाविस मिलेर बनेको आलिताल गाउँपालिकामा ८ वटा वडा रहने भएका छन् । साविकको गांखेत गाविसको वडा नं। ८ र ९ का नागरिक अब आलिताल गाउँपालिकाको वडा नं। १ का नागरिक भएका छन् । त्यस्तै गांखेतको १ देखी ५ नम्बर वडा सम्मका नागरिक वडा नं। २ मा परेका छन् भने ६ र ७ का तथा साविकको आलिताल गाविसको वडा नं। ४ का नागरिक गाउँपालिकाको वडा नम्बर ३ का नागरिक भएका छन ।

यस्तै साविकको आलिताल १ र ७ का बासिन्दा वडा नं। ४ का नागरिक भएका छन् भने २ र ३ का नागरिक वडा नं। ५ मा, ८ र ९ का वडा नं। ६ मा, ६ का नागरिक वडा नं। ७ मा र साविकको वडा नं। ५ का बासिन्दा वडा नं। ८ मा परेका छन् । आलिताल गाउँपालिकाको केन्द्र भने साविकको आलिताल गाविस कायम भएको छ ।

यसैगरी साकिकको रुपाल, भागेश्वर र बगरकोट गाविस मिलेर बनेको भागेश्वर गाउँपालिकामा ५ वटा वडा मात्रै हुने भएका छन ।

साविकको रुपाल गाविसका ६ देखी ९ सम्मका वडाहरु मिलाएर गाउँपालिकाको वडा नं। १ बनाईएको छ । त्यस्तै रुपालकै २ देखी ५ सम्मका वडाहरुका नागरिक वडा नं। २ का बासिन्दा भएका छन् । साविकको भागेश्वर गाविसका सबै वडाका बासिन्दा गाउँपालिकाको वडा नं। ३ का नागरिक हुन पुगेका छन ।

यस्तै साविकको बगरकोट गाविसको वडा नं. १, २, ३, ४, ७, ८ र ९ का नागरिक गाउँपालिकाको वडा नं। ४ का बासिन्दा भएका छन् । त्यसैगरी साविकको बगरकोट गाविसको वडा नं। ५ र ६ तथा साविकको रुपाल गाविसको वडा नं। १ का नागरिक गाउँपालिकाको वडा नं। ५ का बासिन्दा भएका छन् । भागेश्वर गाउँपालिकाको केन्द्र भने साविकको बगरकोट गाविस कार्यालयलाई तोकिएको छ ।

यस्तै साविकका कोटेली, बेलापुर, नवदुर्गा र मणिलेकलाई मिलाएर नवदुर्गा गाउँपालिकाका बनाईएको छ । सो गाउँपालिकामा पनि पाँच वटा वडाहरु निर्धारण गरिएको छ ।

साविकको कोटेली गाविसका सबै वडाहरु मिलाएर गाउँपालिकाको वडा नं। १ बनाईको छ भने साविकको मणिलेकका पनि नौँ वटै वडाहरुका नागरिक वडा नं। २ का बासिन्दा बन्न पुगेका छन्। त्यस्तै साविकको नवदुर्गा गाविसका सबै वडाहरुका नागरिक गाउँपालिकाको वडा नं। ३ मा परेका छन ।

यस्तै साविकको बेलापुर गाविसका १ देखी ७ सम्मका वडाका बासिन्दा गाउँपालिकाको वडा नं। ४ का नागरिक भएका छन् भने बेलापुरकै ७, ८ र ९ का बासिन्दा गाउँपालिकाको वडा नं। ५ का नागरिक भएका छन् । नवदुर्गा गाउँपालिकाको केन्द्र भने मणिलेक गाविस कार्यालयलाई तोकिएको छ ।

यसैगरी नयाँ संरचनामा साविकको समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवलदिव्यपुर गाविसहरु अजयमेरु गाउँपालिका भित्र परेका छन् । सो गाउँपालिकामा ६ वटा वडाहरु निर्धारण गरिएको छ ।

साविकको समैजीका सबै वडाहरु गाउँपालिकाको वडा नं। १ मा, अजयमेरुका सबै वडाहरु गाउँपालिकको वडा नं। २ मा, भद्रपुरका सबै वडाहरु गाउँपालिकाको वडा नं। ३ मा र चिपुरका सबै वडाहरु गाउँपालिकाको वडा नं। ४ मा परेका छन् । साविकको देवलदिव्यपुरको वडा नं। ४ देखी ९ सम्मका नागरिकहरु गाउँपालिकाको वडा नं। ५ मा परेका छन् भने १ देखी ३ सम्मका बासिन्दा वडा नं। ६ मा परेका छन् । अजयमेरु गाउँपालिकाको केन्द्र भने पहिलेको भद्रपुर गाविस कार्यालयलाई तोकिएको छ ।

यसैगरी साविकको असिग्राम, गणेशपुर, मष्टामाण्डौँ र कैलपालमाण्डौ गाविस मिलाएर गन्यापधुरा गाउँपालिका बनाईएको छ ।

साविकको असिग्राम गाविसका सबै वडाहरुका नागरिक गाउँपालिकाको वडा नं। १ का बासिन्दा, गणेशपुरका सबै वडाका नागरिक वडा नं। २ का बासिन्दा र मष्टामाण्डौँ गाविसका सबै वडाका नागरिक वडा नं। ३ का बासिन्दा भएका छन् ।

यस्तै साविकको कैलपालमाण्डौँका वडा नं। ५ देखी ९ सम्मका नागरिक गाउँपालिकाको वडा नं। ४ मा परेका छन भने १ देखी ४ सम्मको वडाका नागरिक गाउँपालिकाको वडा नं। ५ मा परेका छन् । गन्यापधुरा गाउँपालिकाको केन्द्र भने साविकको गणेशपुर गाविस कार्यालयलाई तोकिएको छ ।

नयाँ संरचना अनुसार अब जिल्लामा सात स्थानीय तह निर्धारण भएको साविकको जिल्ला विकास समिति तथा नयाँ संरचनाको जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला