टेक शाही/फागुन ३०, डोल्पा । डोल्पा जिल्ला बिकास समितिले जिल्ला समन्वय समिति लेखेको बोर्ड टाँसेको छ । सरकारले नयाँ सरचानको कार्यान्वयन गरे सँगै जिल्ला बिकास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ३०, डोल्पा । डोल्पा जिल्ला बिकास समितिले जिल्ला समन्वय समिति लेखेको बोर्ड टाँसेको छ । सरकारले नयाँ सरचानको कार्यान्वयन गरे सँगै जिल्ला बिकास "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला बिकास समिति हटाइ जिल्ला समन्वय समितिको बोर्ड टाँसियो

२०७३, ३० फाल्गुन सोमबार ०८:५२


टेक शाही/फागुन ३०, डोल्पा । डोल्पा जिल्ला बिकास समितिले जिल्ला समन्वय समिति लेखेको बोर्ड टाँसेको छ । सरकारले नयाँ सरचानको कार्यान्वयन गरे सँगै जिल्ला बिकास समिति डोल्पाले पूरानो साइनबोर्ड हटाइ नयाँ सँरचना अनुसार जिल्ला समन्वय समितिको कार्यालय लेखिएको साइनबोर्ड टाँसेको हो ।  नयाँ सँरचना लागु भए सँगै स्थानिय बिकास अधिकारि र गाविस सचिवलाइ असार मसान्त सम्मको लागि कार्यकारि प्रमूखका रुपमा बसेर सेवाप्रबाह गर्न निर्देशन पनि दिएको छ । 

स्थानिय पुन सारचनको लागु भए सँगै स्थानिय बिकास अधिकारिलाइ जिल्ला समन्वय समितिको सचिव तोकेको छ । त्यस्तै डोल्पा जिल्लामा दुइ नगरपालिका र ६ गाँउपालिकामा जेष्ठताका आधारमा नगरपालिका कार्यकारि प्रमूख र गाँउपालिका कार्यकारि प्रमूखहरु जिल्ला समन्वय समितिले तोके छ । जेष्ठताका आधारमा हालका गाविस सचिबहरुमा दुइ जना नगरपालिका प्रमूखमा रहने,६ जना सचिव गाँउपालिका प्रमूख रहने र अन्य बाँकी सचिवले साविकका गाविसमा वडापालिकामा कार्यकारि प्रमूखको जिम्मेवारी सम्हालेर सेवाप्रबाह गर्ने जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले जानकारि दिनु भयो । 

पूरानो सँरचानमा २३ वटा गाविस रहेको डोल्पा जिल्लामा हाल नयाँ सँरचनामा दुइ नगरपालिका र ६ गाँउ पालिका गरि ८ वटा स्थानिय सँरचनामा परिणत भएको छ । नयाँ सँरचना अनुसार नगरपालिका प्रमूख र गाँउपालिका प्रमूखको जिम्मेवारि पाउने सचिवहरुमा दुनै,माझफाल,जुफाल र रह गाविस गरि दुनै गाविसबाट सेवा प्रबाह हुने गरि ठुली भेरि नगरपालिकामा नगरपालिका कार्यकारि प्रमूख केशव सुनार,त्रिपूराकोट,लिकु,पाहाडा,सूँ र ल्हाँ गाविस समेटेर त्रिपूराकोट गाविसबाट सेवाप्रबाह गर्ने गरि त्रिपूरा सुन्दरि नगरपालिकामा नगरालिका कार्यकारि प्रमूख चन्द्रप्रकाश बुढथापा,धो र तिन्जे गाविस समेटेर धो गाविसबाट सेवाप्रबाह गर्ने गरि डोल्पो बुद्ध गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख हरि बहादुर मल्ल,साल्दागँ,भिजेर र फोक्सुण्डो गाविस समेटेर साल्दागँ गाविसबाट सेवा प्रबाह गर्ने गरि शे–फोक्सुण्डो गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख डम्बर बहादुर रोकायालाइ जिम्मेवारि दिइएको छ । 

त्यसैगरि काईगाँउ र रिमी गाविसलाइ समेटेर काईगाँउ गाविसबाट सेवा प्रबाह गर्ने गरि जगदुल्ला गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख नन्दराज गिरी,कालिका,सर्मि,नर्कु गाविसलाइ समेटेर नर्कु गाविसबाट सेवा प्रबाह गर्ने गरि मुट्केचुला गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमुख इन्द्रराज खत्रि,लावन र शहरतारा गाविसलाइ समेटेर शहरतारा गाविसबाट सेवा प्रबाह गर्ने गरि काईके गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख रामेश्वर ढुँगाना र छार्का र मुकोट गाविसलाइ समेटेर छार्का गाविसबाट सेवा प्रबाह गर्ने गरि छार्का ताङसोङ गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख कालि बहादुर रोकायालाइ नयाँ सरचन अनुसार काम गर्ने जिम्मेवारि दिइएको छ । 

नयाँ सँरचानको कार्यान्वयन भएसँगै जिल्ला समन्वय समिति,नगरपालिका र गाँउपालिकाको छाप,लेटरप्याड र सबै निकायका साइनबोर्ड पनि आजैबाट परिवर्तन गरिने भएको छ । छाप,लेटरप्याड र कार्यालयका बोर्डहरु परिवर्तन हुने भए पछि सेवाग्राहीहरु मर्कामा परेका छन भने के गर्ने भन्ने बिषयमा कर्मचारि पनि अन्योलमा रहेका छन । सबै कुराहरु नयाँ सँरचना अनुसार नै हुने भएकोले सेवाग्राहिलाइ सेवाप्रबाह गर्न केहि दिन लाग्ने हालका कार्यकारि नगरपालिका प्रमूख र गाँउपालिका प्रमूखहरुले बताउनु भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप